असोज २७, २०८३ मंगलबार October 13, 2026

आजदेखि मैथिली र नेपाल भाषाको समाचार सेवाको परीक्षण शुभारम्भ हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः राष्ट्रिय समाचार समिति (रासस)ले आजदेखि मैथिली र नेपाल भाषाको समाचार सेवाको परीक्षण शुभारम्भ गर्दैछ । आजसाँझदेखि ती दुवै भाषामा समाचार सेवा परीक्षणको रुपमा सुरुआत गर्न
लागिएकाे हाे ।

गत माघदेखि स्थानीय ‘अवधी’ भाषा समाचार सेवा सञ्चालन गरिसकेको राससले आजबाट मैथिली र नेपाल भाषामा पनि समाचार सेवा प्रारम्भ गर्न लागेको हो । संविधानमा व्यवस्था भएअनुरुप राससले समावेशी चरित्रको रुपमा मातृभाषामा समाचार सेवा दिन सुरु गरिसकेको छ ।

राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले संविधानको भावनाअनुरुप राससलाई समावेशी बनाउने लक्ष्यका साथ थप दुई मातृभाषामा समाचार सेवा प्रारम्भ गर्न लागिएको बताउनुभयो । “संविधानले निर्दिष्ट गरेको समावेशी चरित्रको राज्य बनाउने दृष्टिकोणअनुसार राज्यका सबै संस्था र निकाय समावेशी बन्नुपर्छ । सोहीअनुरुप राससलाई पनि समावेशी बनाउने प्रयत्न हो”, उहाँले भन्नुभयो, “मातृभाषामा समाचार प्रवाह भनेको सूचनाको हकको कार्यान्वयन पनि हो, सूचनाको हकसम्बन्धी ऐनले आम व्यक्तिले बुझ्ने भाषामा सार्वजनिक निकायको सूचना प्रवाह हुनुपर्छ भन्ने परिकल्पना गरेको छ । राससजस्ता संस्थाहरुले मातृभाषामा समाचार सम्प्रेषण गर्दा सम्बन्धित व्यक्तिहरुले आफूलाई आवश्यक परेका सूचना आफ्नै भाषामा प्राप्त गर्न पाउँदा सूचनाको हकको मर्म कायम रहन जान्छ ।”

करिब दुई वर्षको अध्ययन–अनुसन्धानपछि नेपालमा दोस्रो धेरै वक्ता भएको मैथिली र अर्को महत्वपूर्ण नेपाल भाषामा रासस सेवा सुरु गर्न लागिएको उहाँले जानकारी दिनुभयो । राससले सुरुमा यो सेवा निःशुल्क उपलब्ध गराउनेछ ।

चालु आर्थिक वर्षमै सरकारबाट प्राप्त बजेटबाट राससबाट अवधी, मैथिली र नेपाल भाषा सेवा प्रवाह गरिएको कार्यकारी अध्यक्ष झाले बताउनुभयो । उहाँले भन्नुभयो, “राससले नयाँ तीनवटा भाषामा दिने सेवाको औचित्य र प्रभावकारिता पुष्टि गर्न प्रयास गर्ने छ । ती सेवाको दिगोपनका लागि मातृभाषा समाचार कोष स्थापना गर्ने सोच समेत छ ।”

मातृभाषाबाट शिक्षा लिन पाउने नैसर्गिक विद्यार्थीको अधिकारलाई आत्मसात गर्दै काठमाडौँ महानगरपालिकाले उपत्यकाका सामुदायिक विद्यालय र केही निजी विद्यालयहरुमा पठनपाठन सुरु गरेको छ । ललितपुर महानगरपालिकाले पनि अनुसरण गरेको छ । यसै सन्दर्भमा राससले सबै सञ्चार माध्यमहरुलाई मातृभाषाबाट सञ्चालिन सञ्चारमाध्यमलाई सुलभ र सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले थप मातृभाषमा समाचार सेवा सुरु गर्न लागिएको राससका नायब महाप्रबन्धक राजु शाक्यले बताउनुभयो ।

नेपाल भाषाको समाचार सेवाका लागि अध्ययन गर्नुभएका शाक्यले आर्थिक रुपमा कमजोर रहेका सबै सञ्चारमाध्यमले आफैले समाचारदाता राखेर सेवा दिन नसक्ने हुँदा ती सञ्चारमाध्यमलाई लक्षित गरेर मातृभाषामा समाचार दिन लागिएको बताउनुभयो ।

देशभित्रका सबै भाषाभाषीको संरक्षण र उत्थान गर्ने राज्यको दायित्व अनुरुप राससले संविधान र समावेशिताको भावनाअनुरुप सेवा प्रारम्भ गर्न लागेको नायब महाप्रबन्धक शाक्यले उल्लेख गर्नुभयो । राससले विस २०७४ बाटै मातृभाषामा समाचार सुरु गर्ने जमर्को गरेको थियो ।

तर, विविध कारणले त्यो कार्यले सार्थकता पाउन सकेको थिएन । अहिले ढिलै भएपनि राससले मातृभाषाका समाचार बुलेटिनमार्फत पस्किन लाग्नु रासस व्यवस्थापन र रासस परिवारका लागि एउटा खदिलो कदम भएको शाक्यले बताउनुभयो । यसबाट मुलतः मातृभाषाका सञ्चार माध्यमहरु लाभान्वित हुने उहाँको विश्वास व्यक्त गर्नुभयो । “आजदेखि नेपाल भाषा र मैथिली वषाका बुलेटिनहरु काठमाडौँबाट प्रकाशन गर्छौ, यसअघि गत माघबाट अवधि भाषामा सेवा सुरु गरिसकेका छौँ । यसलाई थप बृहत बनाएर लैजान्छौ”, नायब महाप्रबन्धक शाक्यले भन्नुभयो, “यो सेवाबाट मातृभाषालाई केन्द्रित गरेर सञ्चालित सञ्चार माध्यम लाभान्वित हुने विश्वास लिएका छौँ, राससको यो अर्को चरणको अभियान हो, यसमा सबैले हातेमालो गरेर अघि बढ्न आह्वान पनि गर्दछु ।”

राससका नायब महाप्रबन्धक श्याम रिमालले पत्रकारिता भाषाको जगेर्ना गर्ने ठूलो र सशक्त माध्यम भएकाले राससले यसको पहल कदमी लिएको उल्लेख गर्नुभयो । “पत्रकारिता जोगाउनका लागि भाषा ठूलो माध्यम हो, राज्यको सानो इकाइले गर्नुभन्दा यसलाई बृहत्तर रुपमा संरक्षण अभियान चलाउन जरुरी छ । राससमार्फत प्रवाह हुने सेवा एकैपटक धेरै सञ्चारमाध्यममा जाने भएकाले मातृभाषाको सेवा प्रभावकारी हुने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो । राससले बढीभन्दा बढी मातृभाषामा समाचार सम्प्रेषण गर्ने नीति लिनुपर्ने र त्यसमा राज्यकोतर्फबाट उचित बजेट र व्यवस्थापकीय सहयोग चाहिने खाँचो औँल्याउनुभयो ।

उहाँले अहिले सरकारी सञ्चारमाध्यम रेडियो नेपाल, नेपाल टेलिभिजन र गोरखापत्रले फरक फरक रुपमा मातृभाषाका समाचार दिइरहेको सन्दर्भमा एकद्वार प्रणालीको विकास गरी सबै भाषाभाषीका समाचार राससले दिने व्यवस्था गर्नसकेको खण्डमा भाषाको संरक्षण प्रवद्र्धन र मितव्ययी हुने धारणा राख्नुभयो ।

राससले सहुलियत रुपमा मातृभाषाका समाचार दिँदा बन्द भएका मिडिया पुनः सञ्चालन गर्नसक्ने र नयाँ खुल्नेलाई पनि उपयोगी हुने भन्दै राससले सुरु गरेको मातृभाषाका समाचारले महत्वपूर्ण फड्को मार्नेमा विश्वास व्यक्त गर्नुभयो ।

विस २०७२ को संविधानमा सबै राष्ट्रिय भाषाको समान व्यवहार हुनुपर्ने, भाषाको संरक्षण र प्रवद्र्धन गर्ने राष्ट्रिय दायित्व हुन्छ । कुनैपनि मुलुकको भाषा देशको सभ्यताको अङ्ग हो । विश्वमा करिब सात हजार भाषा रहेको बताइन्छ । नेपालमा एकसय २४ मातृ भाषा छन् । भाषा विश्वले पाएको अमूल्य निधी हुन् । भाषा मानव जीवनको अमूल्य सम्पत्ति भएकाले ति सम्पूर्ण भाषालाई जीवित राख्न संरक्षण अभियान जरुरी भइसकेको विज्ञहरुको कथन छ ।

राससले सेवालाई क्रमशः विविधिकरण गरिरहेको छ । नेपाली समाचारबाट सुरु भएको राससको सेवा अहिले अङ्ग्रेजी र अन्तर्राष्ट्रिय समाचार, फिचर÷आलेख÷विचार, फोटो, भिडियो, अडियो हुँदै विसं २०८० माघदेखि अवधि भाषामार्फत मातृभाषाको समाचार सेवा सुरुआत गरेको छ ।

राससले ६३ वर्षे इतिहासमा पहिलोपटक यही भदौ १७ गतेदेखि नेपाली समाचारको चौबिसै घण्टा सेवा सुरु गरेको थियो । यस्तै एउटा कोठामा ६३ वर्षअघि स्थापना भएको राससले इतिहासलाई सङ्ग्रह गरी रासस मिडिया सङ्ग्रहालय सञ्चालनमा ल्याएको छ । सङ्ग्रहालयको गत साउन ३२ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस जनसम्पर्क समितिबाट दुई महिलासहित ७ जना केन्द्रीय सदस्य निर्वाचित
२०८३ असोज २७, मंगलबार
बाजुरामा रास्वपाको ‘हामी आउँदै छौँ’ अभियान सम्पन्न
२०८३ असोज २७, मंगलबार
नेपाल टेलिकमद्वारा आकर्षक सुविधासहित ‘अटम अफर २०८३’ सार्वजनिक‘
२०८३ असोज २७, मंगलबार
कांग्रेस महाधिवेशन: जीवनबहादुर शाही सहमहामन्त्रीमा निर्वाचित
२०८३ असोज २७, मंगलबार
अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन विराटनगरमा सुरु, संघीयता कार्यान्वयनमा साझा पहलको जोड
२०८३ असोज २७, मंगलबार
काठमाडौँका विभिन्न स्थानमा प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ
२०८३ असोज २७, मंगलबार
सुनचाँदीको मूल्यमा निरन्तर गिरावट
२०८३ असोज २७, मंगलबार