असार २३, २०८२ सोमबार July 7, 2025

मोडर्नाको कोरोना खोपको पहिलो परीक्षण सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै‌ंः अमेरिकी कम्पनी मोडर्नाले कोरोना भाइरस खोपको पहिलो परीक्षण पुर्न सफल रहेको जानकारी दिएको छ । न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा छापिएको अध्ययनमा ४५ स्वस्थ ब्यक्तिमा गरिएको यस परिक्षणको परिणाम अत्यन्त राम्रो भएको उल्लेख गरिएको छ ।

ती खोप लगाइएका प्रत्यक ब्यक्ती भित्र कोरोनासँग लड्ने रोग प्रतिरोधात्मक क्षमता एन्टिबढी विकसित भएको छ । परिक्षणमा १८ देखि ५५ बर्ष बीचका ४५ स्वस्थ ब्यक्तीलाई समावेश गरिएको थियो ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मोडर्ना इन्कको खोप एमआरएनए १२७३ को पहिलो चरणको परीक्षण सफल भएकोमा ट्विट मार्फत खुसी ब्यक्त गरेको छ । ट्विटमा उनले भने ९ खोपलाई लिएर धेरै राम्रो खबर हो ।

ख्याती प्राप्त औषधी निर्माता कम्पनी मोडर्ना अब कोरोना भाइरस खोपको अन्तिम चरणको परीक्षणको तयारीमा जुटेको छ । जुलाइ २७ सम्ममा यस परीक्षणको शूरु गर्न सकिने कम्पनीले जनाएको छ ।

खोप परीक्षण रोक्नै पर्ने गरि यसको विशेष कुनै खराब साइड इफेक्ट्स नभएको बताइएको छ । परीक्षणका क्रममा खोपको तीन डोज दिएपछि करिब आधालाई सामान्य थकाई, शरिर र टाउको दुखेको थियो । करिब ४० प्रतिशतले खोप दिएपछि हल्का ज्वरो महसुस गरिएको थियो ।

कोरोना महामारी विरुद्धको खोप विकासमा रुस र चीनमा पनि खोपको सफल परिक्षण भइरहेका छन् । विश्वका अन्य कयौं मुलक र संस्थाहरु यस महामारी रोक्न खोप तथा औषधी विकासमा जुटिरहेको यो खबर आजको समाचारपत्रमा प्रकाशित भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया