श्रावण २५, २०८३ सोमबार August 10, 2026

चार दशकपछि पर्वत अस्पतालमा खानेपानीको सुविधा

अस्पतालमा खानेपानी अभाव हुन नदिन प्रदेश स्वास्थ्य मन्त्रालय र अस्पतालको रकम लगानी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पर्वत, १६ कात्तिकः चार दशकपछि जिल्ला अस्पतालमा खानेपानी सुविधा उपलब्ध भएको छ । नब्बे लाखको लागतमा ‘लिफ्टिङ’ प्रविधि प्रयोग गरेर ४० वर्ष पुरानो पानीको समस्या समाधान भएको हो ।

जिल्ला अस्पतालले कुश्मा नगरपालिका–५ गोपाङघाटबाट लिफ्टिङ प्रविधिमार्फत खानेपानीको व्यवस्था गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले बताउनुभयो । कालीगण्डकी नदीको किनारमा रहेको मुहानदेखि लिफ्टिङ गरिएको पानी अस्पताल हाताभित्र निर्माण गरिएको एक लाख ५० हजार लिटर क्षमताको ट्याङ्कीमा सङ्कलन गरिएको छ ।

अस्पतालमा खानेपानी अभाव हुन नदिन प्रदेश स्वास्थ्य मन्त्रालय र अस्पतालले रकम लगानी गरेका थिए । यसअघि अस्पतालले ट्याङकरबाट पानी आपूर्ति गर्दा वार्षिक रु छ लाख व्यहोर्दै आएको थियो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बाँस्तोलाका अनुसार पन्ध्र शय्याको अस्पतालले हाल ५० शय्या राखेर सेवा प्रवाह गरिरहेको छ । अस्पतालले गत वर्ष ५८ हजार छ सय २६ बिरामीको सेवा गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरुको माग
२०८३ श्रावण २५, सोमबार
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
२०८३ श्रावण २५, सोमबार
संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक सम्बन्धी विधेयक बहुमतले स्वीकृत
२०८३ श्रावण २५, सोमबार
एसियाली आइटीएफ तेक्वान्दोमा शेखरलाई कास्य पदक
२०८३ श्रावण २५, सोमबार
सरकारका प्रवक्ता र सम्पादकबीच छलफल
२०८३ श्रावण २५, सोमबार
नेपाल स्काउट विघटन गर्ने सरकारको निर्णयमा सर्वोच्चको रोक
२०८३ श्रावण २५, सोमबार
आदिवासी जनजातिका आवाजलाई सञ्चारमाध्यमले स्थान दिनुपर्छः मन्त्री गौतम
२०८३ श्रावण २५, सोमबार