असोज २७, २०८३ मंगलबार October 13, 2026

‘सुजुकी ई भितारा’ सार्वजनिक, एक पटकको फुल चार्जले ५०० किलोमिटर गुड्ने

फ्रन्ट एक्सलको सिंगल मोटरमा रहने ४९ किलोवाटको ब्याट्रीले १४४ एचपीको पावर जेनेरेट गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः विश्व बजारका लागि प्रतिष्पर्धी कार निर्माता कम्पनी सुजुकीले आफ्नो बहुप्रतिक्षित विद्युतीय कार ‘सुजुकी ई भितारा’ सार्वजनिक गरेको छ । इटालीको मिलानमा आयोजित अटो शोमा कम्पनीले आफ्नो ग्लोबल प्रडक्ट ई भितारा सार्वजनिक गरेको हो ।

मारुतीले आफ्नो पहिलो विद्युतीय कारलाई ग्लोबल प्रडक्टका रुपमा अघि सारेको छ, जुन अघिल्लो बर्ष कम्पनीले कन्सेप्ट पेपरका रुपमा अघि सारेको थियो ।

यो कारको उत्पादन अब भारतको गुजरातस्थित मारुती सुजुकीको प्लान्टमा पनि हुनेछ । गुजरात प्लान्टमा उत्पादित ५० प्रतिशत कार भने युरोप र जापानी बजारमा निर्यात हुनेछन् ।

सन २०२५ मार्चमा भारतमा सुजुकी ई भिताराको बिक्रि सुरु गर्ने कम्पनीको योजना रहेको छ । कम्पनीले यो कारलाई एसयुभी सेगमेन्टमा निर्माण गरेको हो ।

ई भितारा एसयुभीको लम्बाई ४२७५ मि.मि.छ भने चौँडाई १८०० मि.मि. छ । यो कारको उचाई भने १६३५ मि.मि. रहेको छ । यसमा २७०० मि.मि.को ह्विलबेस र १८० मि.मि.को ग्राउण्ड क्लियरेन्स रहेको छ ।

ई भिताराको तौल १७०२ किलोग्राम देखि १८९९ किलोग्रामसम्मको छ, जुन अलग अलग भेरियन्ट अनुसार फरक फरक पाउन सकिन्छ ।

ई भितारा ४९ किलोवाट र ६१ किलोवाट क्षमतामा निर्माण गरिएको छ । ६१ किलोवाट क्षमताको ई भिताराले ग्लोबल टेष्टमा एक पटकको फुल चार्जले ५०० किलोमिटर रेञ्ज उपलब्ध गराएको कम्पनीको दावी छ ।

पावर र फरफरमेन्स

फ्रन्ट एक्सलको सिंगल मोटरमा रहने ४९ किलोवाटको ब्याट्रीले १४४ एचपीको पावर जेनेरेट गर्नेछ भने सिंलल मोटरकै ६१ किलोवाट ब्याट्रीले १७४ एचपीसम्मको पावर दिन्छ । यी दुबै भर्सनले १८९ एनएमको टर्क सिर्जना गर्छन् ।

यसमा डुअल स्क्रिन अपरेटिङ सिस्टम जडान गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस जनसम्पर्क समितिबाट दुई महिलासहित ७ जना केन्द्रीय सदस्य निर्वाचित
२०८३ असोज २७, मंगलबार
बाजुरामा रास्वपाको ‘हामी आउँदै छौँ’ अभियान सम्पन्न
२०८३ असोज २७, मंगलबार
नेपाल टेलिकमद्वारा आकर्षक सुविधासहित ‘अटम अफर २०८३’ सार्वजनिक‘
२०८३ असोज २७, मंगलबार
कांग्रेस महाधिवेशन: जीवनबहादुर शाही सहमहामन्त्रीमा निर्वाचित
२०८३ असोज २७, मंगलबार
अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन विराटनगरमा सुरु, संघीयता कार्यान्वयनमा साझा पहलको जोड
२०८३ असोज २७, मंगलबार
काठमाडौँका विभिन्न स्थानमा प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ
२०८३ असोज २७, मंगलबार
सुनचाँदीको मूल्यमा निरन्तर गिरावट
२०८३ असोज २७, मंगलबार