श्रावण २४, २०८३ आइतबार August 9, 2026

दुई दिने एकीकृत जनस्वास्थ्य शिविरमा ५ सयले स्वास्थ्यलाभ लिए

गाउँपालिकाको ५ वटा वडाका वृद्धवृद्धा, नागरिक, बालबालिका, महिलाहरूको स्वास्थ्य जाँच सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्लाले हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा दुई दिने एकीकृत जनस्वास्थ्य शिविर सञ्चालन गरेको छ। एकीकृत जनस्वास्थ्य शिविरबाट ५ सयले जनाले स्वास्थ्य जाँच गरेका छन्।

विभिन्न रोगका विशेषज्ञबाट ५ सय जनालाई स्वास्थ्य उपचार गरेको स्वास्थ्य शाखाका प्रमुख ग्याछो लामाले बताए। गाउँपालिकाको ५ वटा वडाका वृद्धवृद्धा, नागरिक, बालबालिका, महिलाहरूको स्वास्थ्य जाँच गरेको उनले बताए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावल सहितका १६ जना विशेषज्ञ चिकित्सकबाट शिविर सञ्चालन गरेको स्वास्थ्य शाखा प्रमुख लामाले बताए।

आँखा रोग विशेषज्ञ, मोतिबिन्दुको निःशुल्क शल्यक्रिया, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा, दाँत तथा मुख विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ सेवा, स्त्री रोग, प्रस्तुति सेवा, भिडियो एक्सरे सेवा छाला यौन रोग तथा कुष्ठरोग जेनेरल फिजिसियन विशेषज्ञ सेवाको उपचार भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावलले जानकारी दिए। उपचार गर्न मध्येका अधिकांश हाडजोर्नी र नशा रोगको बिरामीको संख्या धेरै देखिएको उपकुलपति रावलले बताए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बुबाको निधनपछि मेस्सी अनुपस्थित, इन्टर मियामी मोन्टेरेसँग २–१ ले पराजित
२०८३ श्रावण २४, आइतबार
सुशासनका लागि राजनीतिक नेतृत्वमा जवाफदेहिता आवश्यक : सांसद ढकाल
२०८३ श्रावण २४, आइतबार
ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
२०८३ श्रावण २४, आइतबार
माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
२०८३ श्रावण २४, आइतबार
‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रममा मन्त्रीलाई जोड्दै रास्वपा
२०८३ श्रावण २४, आइतबार
सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड
२०८३ श्रावण २४, आइतबार
ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्वपूर्ण योगदानः उपराष्ट्रपति यादव
२०८३ श्रावण २४, आइतबार