श्रावण २५, २०८३ सोमबार August 10, 2026

तेजरत्न आँखा उपचार केन्द्रलाई २० लाख सहयोग

गरीब, असहाय, दलित र विपन्नको उपचारमा खर्च गर्ने गरी प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

खाँदबारी (सङ्खुवासभा), २१ कात्तिक : सङ्खुवासभा सदरमुकाम खाँदबारीमा समुदायद्वारा सञ्चालित तेजरत्न आँखा उपचार केन्द्रलाई स्थानीय मनोजकुमार श्रेष्ठका परिवारले रु २० लाख प्रदान गरेका छन् ।

बुधबार एक कार्यक्रमकाबीच श्रेष्ठले आँखा उपचार केन्द्रलाई रु २० लाखको चेक हस्तान्तरण गर्नुभयो । उहाँहरुले उक्त रकम गरीब, असहाय, दलित र विपन्नको उपचारमा खर्च गर्ने गरी प्रदान गर्नुभएको हो ।

नेपाल नेत्र ज्योति सङ्घ सङ्खुवासभाका अध्यक्ष अनन्तकुमार गौलीले दाताबाट प्राप्त रकम अक्षयकोषका रुपमा राखिने र त्यहाँबाट प्राप्त ब्याजले उपचार गर्न नसक्ने आँखा रोगीहरुको उपचार गरिने बताउनुभयो । यसअघि श्रेष्ठका पाँच दाजुभाईले दिवंगत बुवाआमा तेजबहादुर र रत्नकुमारी श्रेष्ठका नाममा तेजरत्न आँखा अस्पताल निर्माण गर्न रु ५० लाख नगद र छ रोपनी जग्गा निशुल्क दान गरेका थिए ।

तेजरत्न आँखा उपचार केन्द्रमा वार्षिक चार हजार आँखाका रोगी उपचारका लागि आउने गर्छन् । वार्षिक छ सय बढीको मोतियाबिन्दुको निशुल्क शल्यक्रिया गर्ने गरेको आँखा उपचार केन्द्रले जनाएको छ । केन्द्रले कानको समेत उपचार सेवा दिँदै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सीमासम्बन्धी अभिव्यक्ति सच्याउन सांसदहरुको माग
२०८३ श्रावण २५, सोमबार
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
२०८३ श्रावण २५, सोमबार
संवैधानिक निकायका पदाधिकारीहरुको पारिश्रामिक सम्बन्धी विधेयक बहुमतले स्वीकृत
२०८३ श्रावण २५, सोमबार
एसियाली आइटीएफ तेक्वान्दोमा शेखरलाई कास्य पदक
२०८३ श्रावण २५, सोमबार
सरकारका प्रवक्ता र सम्पादकबीच छलफल
२०८३ श्रावण २५, सोमबार
नेपाल स्काउट विघटन गर्ने सरकारको निर्णयमा सर्वोच्चको रोक
२०८३ श्रावण २५, सोमबार
आदिवासी जनजातिका आवाजलाई सञ्चारमाध्यमले स्थान दिनुपर्छः मन्त्री गौतम
२०८३ श्रावण २५, सोमबार