काठमाण्डाैंः सुदूरपश्चिम प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
शनिबार दिउँसो २ बजेसम्म गरिएको परीक्षणबाट कोरोना संक्रमण पुष्टि हुनेमा धनगढी उपमहानगरपालिकाका ७ र कञ्चनपुरको पुनर्वास नगरपालिकाका १ जना रहेका छन्।
संक्रमित हुनेमा धनगढी उपमहानगर-१४ का २४ र १९ वर्षीया २ महिला, वडा नम्बर १५ का २४ र २८ वर्षीया २ महिला रहेका छन्। यस्तै वडा नम्बर १८ का ४८ र ४५ वर्षीय २ पुरुष र वडा नम्बर १ का २२ वर्षीया पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका-५ का ३१ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गत २४ घण्टामा २ सय ३७ नमुनाहरु परीक्षण गरिएको र तीमध्ये ८ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ४ हजार १७ पुगेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया