श्रावण २५, २०८३ सोमबार August 10, 2026

परिणाममुखी काम गर्न प्रतिबद्ध छु : स्वास्थ्यमन्त्री पौडेल

सेवा लिने अस्पतालमा डायलासीस सेवा अत्यावश्यक भएकाले तुरुन्तै सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २४ कात्तिक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जीपी कोइराला स्वासप्रश्वास उपचार केन्द्रमा ‘डायलासीस मेसिन’ जडान गरी मिर्गौला उपचार सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । तनहुँको शुक्लागण्डकी नगरापालिका–५ बेलचौतरास्थित केन्द्रको आज निरीक्षण गर्दै उनले मेसिन खरीद गर्न मन्त्रालयले प्राथमिकता दिने जानकारी दिए ।

‘मेसिन जडान गरी मिर्गौलाको डायलासिस सेवा प्रवाह गर्नुहोस्, मेसिनका सबै प्रबन्ध मन्त्रालयले गर्नेछ,’– मन्त्री पौडेलले भने ।

छिमेकी जिल्लावासीले सेवा लिने अस्पतालमा यस सेवा अत्यावश्यक भएकाले तुरुन्तै सेवा प्रवाहलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड छ । उपचार केन्द्रलाई तीन सय शैय्यामा विस्तार गर्न लागि आवश्यक पूर्वाधारको निम्ति पहल भइरहेको र अब छिट्टै टुङ्गो लाग्ने उनले जानकारी गराए ।

केन्द्रका निर्देशक डा. रामकुमार श्रेष्ठले डायलासिस सेवा प्रवाहका लागि स्थानको निर्माण भइरहेको बताए । ‘पूर्वाधार तयार भइरहेको छ, छिट्टै उपचार केन्द्रबाट डाइलासिसको सेवा प्रवाह गर्ने तयारी भएको छ, कर्मचारी छनौट गरी तालिममा पठाएका छौं, पूर्वाधारका साथै कर्मचारी समेत तयार गरिरहेका छौं,’– उनले भने ।

उपचार केन्द्रबाट छिट्टै डायलासिसको सेवा प्रवाह गर्ने तयारी भएको छ । यस अस्पतालमा डायलासिस सेवा प्रवाह हुन थालेपछि तनहुँका साथै कास्की, स्याङ्जा, नवलपुर, पाल्पा जिल्लावासी लाभान्वित हुनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसियाली आइटीएफ तेक्वान्दोमा शेखरलाई कास्य पदक
२०८३ श्रावण २५, सोमबार
सरकारका प्रवक्ता र सम्पादकबीच छलफल
२०८३ श्रावण २५, सोमबार
नेपाल स्काउट विघटन गर्ने सरकारको निर्णयमा सर्वोच्चको रोक
२०८३ श्रावण २५, सोमबार
आदिवासी जनजातिका आवाजलाई सञ्चारमाध्यमले स्थान दिनुपर्छः मन्त्री गौतम
२०८३ श्रावण २५, सोमबार
उद्यमीको लगानीलाई सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व हो : अर्थमन्त्री डा वाग्ले
२०८३ श्रावण २५, सोमबार
सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार
२०८३ श्रावण २५, सोमबार
प्राचीन धर्मग्रन्थ सङ्कलन गर्दै धार्मिक पुस्तकालय
२०८३ श्रावण २५, सोमबार