मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

अमेरिकी स्वास्थ्यमन्त्रीमा केनेडी जूनियर नियुक्त

सिनेटले पनि केनेडीको नामलाई स्वास्थ्यमन्त्रीमा अनुमोदन गर्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रोबर्ट एफ केनेडी जुनियरलाई अमेरिकाको स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका छन् ।

ट्रम्पले आफ्नो एक पोस्टमा यसको जानकारी दिएका हुन् । रोबर्ट एफ केनेडी जूनियरले पनि २०२४ को राष्ट्रपति चुनावमा आफ्नो स्वतन्त्र उम्मेदवारी प्रस्तुत गरेका थिए । तर पछि उनले ट्रम्पलाई आफ्नो समर्थन दिएका थिए । उनी कोभिडका लागि प्रयोग भइरहेको खोपको विरोधीको रूपमा पनि चिनिन्छन् ।

सिनेटले पनि केनेडीको नामलाई स्वास्थ्यमन्त्रीमा अनुमोदन गरेको छ । अमेरिकी स्वास्थ्य विभागले खाद्य र औषधि प्रशासन सहित ११ एजेन्सीहरूको निरीक्षण गर्दछ ।

रोबर्ट एफ केनेडी जूनियरले आफ्नो एक पूर्व पोस्टमा डोनाल्ड ट्रम्पलाई धन्यवाद दिए र आफ्नो कार्यकालमा अमेरिकालाई फेरि स्वस्थ बनाउने नारा दिएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
झापा महिला गोल्डकप : १० गोल गर्दै आर्मीले काट्यो सेमिफाइनलको टिकट
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाहसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट
२०८३ मंग्सिर ६, आइतबार
नेपाललाई हिन्दु राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बनाउनुमा राजनीतिक दलहरूको भुमिका : अध्यक्ष लिङ्देन
२०८३ मंग्सिर ६, आइतबार
अमेरिकाबाट निष्कासित दुई महिलासहित २५ आप्रवासी लाइबेरिया पुगे
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री बालेन दिल्लीमा, राज्यमन्त्री जितिन प्रसादले गरे स्वागत
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाहको भ्रमणबाट नेपाल-भारत सम्बन्ध थप सुदृढ हुने रास्वपाको विश्वास
२०८३ मंग्सिर ६, आइतबार
प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान
२०८३ मंग्सिर ६, आइतबार