असार २९, २०८२ आइतबार July 13, 2025

सात हजार बढीलाई आँखा उपचार सेवा

केन्द्रबाट आँखा जाँच, औषधि वितरण, परामर्श र चश्मा उपलब्ध गराउने व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कञ्चनपुर, २ मङ्सिरः शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित सृजनशील बचत तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत सात वर्षदेखि आँखा उपचार केन्द्र सञ्चलन गर्दै आएको छ ।

शुक्लाफाँटा नगरपालिका, धनगढीस्थित च्यारेटी हेल्थ फाउण्डेसनको प्राविधिक सहयोगमा सहुलियतमा सर्वसाधारणलाई आँखा उपचार सेवा प्रवाह गर्दै आएको हो । हप्ताको छ दिन केन्द्र सञ्चालन हुँदै आएको छ ।

सहकारीका अध्यक्ष शिवराज भट्टका अनुसार केन्द्रबाट एक वर्षमा सात हजार एक सय ८२ जनाले सेवा लिएका छन् । केन्द्रमा उपचार गर्न आएका आर्थिक रूपमा विपन्न छ सय ४१ जना मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।

केन्द्रबाट आँखा जाँच, औषधि वितरण, परामर्श र चश्मा उपलब्ध गराउने व्यवस्था छ । शुक्लाफाँटा नगरपालिकाका १२ वटै वडामा सञ्चालित शिविरबाट तीन हजार तीन सय २७ जनाले सेवा लिएका छन् । शिविरमा आँखा जाँचका लागि पुगेका मोतियाबिन्दुका दुई सय ५५ बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ । शिविरमा पुगेका सात सय २३ जनालाई निःशुल्क चश्मा प्रदान गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना
२०८२ असार २९, आइतबार
आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाँईदै
२०८२ असार २९, आइतबार
एकपटक मात्रै पनि ‘चेक बाउन्स’ भए अब सिधैं कालोसूचीमा
२०८२ असार २९, आइतबार
प्रधानमन्त्रीबाट दुई सयलाई जग्गा धनीपूर्जा वितरण
२०८२ असार २८, शनिबार
‘नेपालसँगको सम्बन्ध चीनको प्राथमिकतामा’ – झलनाथ खनाल
२०८२ असार २८, शनिबार
देशमा केही भएन भन्ने भाष्य गलत – यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह : उपप्रधानमन्त्री सिंह
२०८२ असार २८, शनिबार
तीन सय ३६ विद्यार्थीलाई ‘मेयर छात्रवृत्ति’
२०८२ असार २८, शनिबार