जेठ २३, २०८३ शनिबार June 6, 2026

श्रीमानलाई याैन सन्तुष्टि दिलाउन…योनी टाइट पार्ने उपाय खोज्दै २५ वर्षीया यी महिला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

म २५ वर्षीया विवाहित महिला हुँ । मेरो तीन वर्षको बच्चा छ । मेरा श्रीमान् मसँग यौन सम्पर्क गर्दा मजा आउँदैन भन्नुहुन्छ । मेरो योनी टाइट छैन भन्दै झर्किने गर्नुहुन्छ । यसले गर्दा हाम्रो पारिवारिक जीवनमा नै दरार आउलाजस्तो भइसक्यो । यस्तो अवस्थामा म मेरो श्रीमान्लाई कसरी सन्तुष्ट पार्नसक्छु ? योनी टाइट पार्ने केही उपाय भए बताइदिनुभए आभारी हुने थिएँ ।
सी

बच्चा पाएपछि योनी खुकुलो हुन्छ र सेक्स गर्दा मज्जा आउँदैन भन्ने भ्रम रहेका थुप्रै मानिस छन् । बच्चा पाएपछि केही समयका लागि योनीद्वार खुकुलो भए पनि यो बिस्तारै पुरानै साइजमा आउँछ । डेलिभरी हुँदा योनी च्यातिएमा त्यसलाई सिलाउने पनि गरिन्छ । योनीको तन्तुहरूको प्रकृति नै लिंगको साइजअनुसार एड्जस्ट हुने खालको हुन्छ । यो लिंगको साइजअनुसार संकुचन हुने र फुक्ने गर्छ ।

अधिकांश पुरुषलाई श्रीमतीले बच्चा पाएपछि उसको योनी खुकुलो भयो र सेक्स गर्दा मजा नआएको भ्रम हुन्छ, जसले गर्दा कतिपयको यौन जीवनमा समस्या उत्पन्न हुने गरेको छ ।   मानिसहरू चरम यौन सन्तुष्टि पाउन अनेक उपाय खोजिरहेका हुन्छन् । कति पुरुष महिलाको योनी कसिलो नभएको कारणले यौन सन्तुष्टि नपाएको कुराले चिन्तित हुने गरेको पाइएको छ ।

कति पुरुष महिलाको योनीभित्र लिंग पसाउन गाह्रो हुने गरी कसिलो हुने गरेको अनुभव सुनाउँछन् । महिला सम्भोगको लागि तयार नभएको अवस्थामा पनि योनी कसिलो हुन्छ । अर्को कारण, पर्याप्त मात्रामा प्राक्क्रीडा नगरेका कारण उत्तेजनामा आउन नसक्दा पनि योनी कसिलो हुन्छ । उक्त बेला योनीमार्गमा पर्याप्त मात्रामा यौन रस पनि निस्केको हुँदैन । यस्तो बेलामा यौन सम्पर्क गर्दा महिलालाई  पीडा हुन्छ । तर, पुरुषहरू चाहिँ कसिलो योनीमा सम्भोग गर्न पाएकोमा गर्व गर्छन् ।

वास्तवमा योनीमा तनावको कारण संकुचित भएकोले कसिलो भएको भन्ने कुरा बुझ्नु आवश्यक छ । अतः महिला सम्भोगको लागि पूर्ण रूपमा तयार हुँदा योनी सधँै लचकदार हुन्छ ।
प्रायः महिलालाई ३० मिनेट जति प्राक्क्रीडाको लागि समय दिनुपर्छ । प्राक्क्रीडा गर्दा प्रेमपूर्ण रूपमा अंकमाल, चुम्बन, शरीरभरि स्पर्श गर्नु आवश्यक हुन्छ । यसो गर्दा महिलाको योनीको तनावपूर्ण संकुचन कम भई योनी लचकदार हुन्छ । यस्तो बेलामा उत्तेजित लिंग पसाउनु राम्रो हुन्छ ।

समय दिएर प्राक्क्रीडा गरेर योनीमा लिंग पसाउँदा महिलाले साह्रै दुखाइ महसुस गर्छ, सम्भोग गर्न मान्दैन भने भेजिनिसमस भन्ने रोग पनि भएको हुन सक्छ । यस्तो भएमा तुरुन्त यौन रोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ । महिला उत्तेजनामा आएर सम्भोगमा उत्रँदा प्राकृतिक रूपमा नै  योनी लचकदार हुन्छ ।

जुन बेला योनीको मांसपेशी तनाव नभएर विश्राममा हुन्छ, यस्तो अवस्थालाई पुरुषहरू महिलाको योनी लुज भएको ठानेर कुमारीत्व भंग भएकोसम्म सोच्ने गर्दछन् । यसले पुरुष—महिलाको सम्बन्धमा पनि खलल पैदा हुन सक्छ । यौन सम्पर्कबाट पुरुष र महिला दुवैलाई उत्तिकै आन्नद प्राप्त गर्न योनी संकुचन होइन लचकदार हुनुपर्छ ।

महिलाको योनीको खुकुलोपन सम्भोगपश्चात् कायम रहन्न । कतिपयले धेरै सम्भोग गरेर योनी खुकुलो भएको ठान्छन् । यो पनि गलत धारणा हो । सम्भोग धेरै वा थोरै गरेर योनी कसिलो वा खुकुलो हुने हुँदैन । योनीको मांसपेशीको विशेषता भनेको जस्तो आकारको लिंगसँग ठीक हुन सक्छ । त्यही सानो योनीबाट बच्चा जन्मन्छ । बच्चा जन्मिएको केही समयमा फेरि योनी पुरानै आकारमा पुग्दछ । यो नै योनीको विशेषता हो । केही महिलामा बच्चा जन्माएपछि योनीको मांसपेशी पुरानै आकारमा आउन समय लाग्ने वा केही खुकुलो हुन सक्छ । यस्तो अवस्थामा योनीसम्बन्धी केही कसरत गर्न सकिन्छ ।

योनीको मांसपेशीलाई कसिलो पार्न यौन चिकित्सकहरूले केगेल कसरत गर्ने सल्लाह दिन्छन् । यो विधि आफैँले कुनै पनि बेला, कुनै पनि स्थानमा बसेर गर्न सकिन्छ ।
केगेल विधि गर्दा पिसाब फेर्दा मांसपेशीलाई खुम्च्याउने र पिसाब रोक्ने प्रयास गर्नुपर्छ । यसलाई सुरुमा एक सेकेन्डसम्म योनी खुम्च्याउने, खुकुलो बनाउने यसलाई बढाएर पाँच सेकेन्डसम्म पु¥याउनुपर्छ । बिस्तारै यसलाई १० देखि १५ सेकेन्डसम्म खुम्च्याउने, खुकुलो बनाउने गर्नुपर्छ । यसलाई दिनमा धेरै चोटिसम्म गर्न सकिन्छ । नियमित केही हप्तासम्म केगेल कसरत गरेमा योनीको मांसपेशीमा कसिलोपन आउँछ ।

विदेशतिर योनी कसिलो बनाउन अपरेसन गरी योनीको  मांसपेशीलाई कसिलो बनाउने पनि गर्छन् । अहिले नेपालमा योनी कसिलो बनाउन योनीमा लगाउने क्रिम, तेल, मसाजरहरूको धेरै विज्ञापन गरिन्छ । तर, यस्ता साधन भरसक प्रयोग नगरेकै राम्रो ! यिनले योनीको प्राकृतिक क्षमतालाई हानि पनि पु¥याउन सक्छन् । यसबारे सचेत हुनु जरुरी छ । शुक्रबारबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
२०८३ जेठ २३, शनिबार
निर्वाचनपछि रणनीति पुनरावलोकनमा राष्ट्रिय मुक्ति पार्टी
२०८३ जेठ २३, शनिबार
सेवानिवृत्तिपछि साहित्य सिर्जनामा केन्द्रित हुने सुशीला कार्कीको घोषणा
२०८३ जेठ २३, शनिबार
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
२०८३ जेठ २३, शनिबार
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
२०८३ जेठ २३, शनिबार
ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
२०८३ जेठ २३, शनिबार
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
२०८३ जेठ २३, शनिबार