भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

क्षयरोगबाट दैनिक १८ जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः श्वास प्रश्वासबाट सर्ने क्षयरोगबाट दैनिक १८ जनाको मृत्यु भईरहेको तथ्यांक छ । सरकारले क्षयरोगका प्रति विरामी करिब १२ लाख रुपैया खर्च गरेर निशुल्क उपचार पनि गर्दै आएको छ । तर अझै पनि सामाजिक दुर्व्यवहार र अवहेलनाको डरले क्षयरोग लागेका विरामीहरुले रोग लुकाएर बस्ने गरेको पाइएको हो । सामाजिक दुर्व्यवहार र अवहेलनाका कारण गाँउघरमा क्षयरोगलाई लुकाउने प्रवृत्ति बढ्दै जादा प्रदेश नं. १ मा क्षयरोगको जोखिम निकै बढेको छ ।

नेपालमा प्रति लाख १ सय ३२ जना क्षयरोगीहरु रहेको तथ्यांक भएपनि मुलुकभर ११२ जना र प्रदेश नं. १ मा ८५ जना क्षयरोगीहरुको मात्र पहिचान गरेर उपचार गर्ने गरिएको छ । सरकारले निशुल्क रुपमा उपचार गर्ने मात्र होइन प्रति विरामी करिब १२ लाख रुपैया उपचारमा खर्च गर्ने गरेको छ । तर पर्याप्त चेतना र गरीबीका कारण क्षयरोगीहरु बढ्दै गएकाले विरामी पत्ता लगाउने कार्यलाई अभियानका रुपमा संचालन गर्नुपर्ने स्वास्थ्य निर्देशनालय धनकुटाका क्षय कुष्ठ अधिकृत ध्रुव उराउले जानकारी दिनुभयो ।

नेपालमा प्रति दिन १८ जनाको क्षयरोगका कारण मृत्यु हुन्छ । सरकारले सन् २०३० सम्म मा टिबी मुक्त नेपाल बनाउने लक्ष्य राखेको छ । यसका लागि बहुऔषधी प्रतिरोध क्षयरोग व्यवस्थापन संचालन गर्दै आएको छ । ९ देखि ३२ महिना सम्म नियमित औषधी सेवन गरे क्षयरोग निको हुन्छ । क्षयरोगका विरामीहरुलाई डिआर होस्टलमा राखेर उपचार गर्ने मात्र होइन घर मै बसेर नियमित औषधी सेवन गर्नेलाई पोषण भत्ता वापत मासिक ३ हजार रुपैया प्रदान गर्ने गरिएको छ ।

प्रदेश नं. १ मा करिब ५ हजार २ सय विरामीहरु उपचार गराइरहेका छन् । तर अहिले पनि धेरै क्षयरोगीहरु सामाजिक अवहेलना हुन सक्ने डरले रोग लुकाएर बसिरहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार
बल्ल परामर्शमा प्रधानमन्त्री
२०८३ भाद्र १९, शुक्रबार