असार २३, २०८२ सोमबार July 7, 2025

कीर्ते र ठगी मुद्दाका फरार अभियुक्त ६ बर्षपछी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकारी छाप कीर्ते र ठगी मुद्दामा दोषी ठहर भई ६ बर्षदेखी फरार हुँदै आएका एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको विसं २०७० चैत १७ गतेको फैसलाले दोषी ठहर भई फरार हुँदै आएका ललितपुरको महाङ्काल बस्ने ४३ वर्षीय हरिशरण महतलाई बुधबार साँझ पक्राउ गरी आज फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको सिआइबीका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

उक्त मुद्दामा उच्च अदालतको फैसलाले दुई वर्ष कैद तथा रु ३७ लाख ५० हजार जरिवाना हुने ठहर गरेको थियो । उनी ललितपुरको सातदोबाटोबाट पक्राउ परेको आज सआइबीले विज्ञप्तिमार्फत जनाएको छ ।

महतसमेतका व्यक्तिहरुले लोप्साङ लामा र निजकी श्रीमती च्यूङ्ताङ लामाको नाममा रहेको कठमाडौँ सीतापाईलास्थित कित्ता नम्बर ८१८ को जग्गा मालपोत कार्यालय कलङ्कीका खरिदार भीमबहादुर राईसमेतको मिलोमतोमा सरकारी छाप कीर्ते गरी बिक्री गरेका थिए ।

उनीहरुले काठमाडौँ जिल्ला अदालतबाट जारी भएको अधिकृत वारेसनामालगायत अन्य कागजात नक्कली बनाई उक्त जग्गा सिन्धुपाल्चोकका कमलकुमार श्रेष्ठको नाममा नामसारी गराई कास्कीका प्रवीणमान श्रेष्ठलाई गफलतमा पारी रु ७५ लाखमा बिक्री गरेको जनाइएको छ । सोही कसुरमा संलग्न मालपोत कार्यालय कलङ्कीका भीमबहादुर राईलाई २०७४ सालमा नै पक्राउ गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
२०८२ असार २३, सोमबार
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार