भाद्र १२, २०८३ शुक्रबार August 28, 2026

आसाममा बाढीबाट ९३ जनाको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भारतको उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र त्यसपछि आएको बाढीले गर्दा यहाँका कम्तीमा पनि ९३ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

यस राज्यमा गएको हप्तादिनसम्म परेको अविरल वर्षापछि ठूलो बाढी आएको थियो । त्यस बाढीमा प-री यस राज्यका अधिकारीहरुले यहाँ जनधनको ठूलो क्षति भएको बताएका छन् ।

आसाम राज्यको विपद् व्यवस्थापन विभागले दिएको जानकारीअनुसार यहाँ शुक्रबार बिहानसम्म ९३ जनाको ज्यान गएको छ । उनीहरु बाढीका कारण कोही बगेर र केहीको डुबेर ज्यान गएको हो । यहाँका २५ लाख मानिस नराम्ररी प्रभावित भएका पनि सो विभागले जनाएको छ । उनीहरु घरबास छोडेर सुरक्षित स्थलतर्फ जानुपर्ने अवस्था आएको बताइएको छ ।

उक्त विभागले दिएको जानकारीमा यहाँ ३०० भन्दा बढी चौपाया पनि मरेका छन् । सो विभागले गएको हप्ता दिन देखि नै यहाँ अविरल रुपमा वर्षा भइरहेको छ ।यहाँका सबैभन्दा बढी प्रभावित जिल्लाहरुमा धेमाजी, लखिमपुर, विश्वनाथ, दराङ, बाक्सा, नालबारी, बारपेटा, चिराङ, बोन्गाइगाउँ, कोक्राझार, ढुब्री, गोलपारा, कामरुप, मोरीगाउँ लगायतका रहेका छन् ।

उक्त विभागले यहाँका बढी मात्रामा प्रभावित भएका जिल्लाहरु कम्तीमा पनि २६ ओटा रहेका जनाएको छ । यहाँ वर्षा अझै रोकिएको छैन र खतरा पनि नटरेको सो विभागले जनाएको छ ।- रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई
२०८३ भाद्र १२, शुक्रबार
माछापालनबाट वार्षिक ५० लाख आम्दानी गर्दै अधिकारी
२०८३ भाद्र १२, शुक्रबार
ओखलढुङ्गामा हर्षोल्लासका साथ मनाइयो ढ्वाङकुम पर्व
२०८३ भाद्र १२, शुक्रबार
पृथ्वी राजमार्गको अवरोध खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने
२०८३ भाद्र १२, शुक्रबार
रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा
२०८३ भाद्र १२, शुक्रबार
एनसेलको निःशुल्क भ्वाइस, डेटा तथा एसएमएस सेवा थप सात दिन थप
२०८३ भाद्र १२, शुक्रबार
भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवालेद्वारा पशुपतिनाथ मन्दिरमा विशेष पूजा-आराधना
२०८३ भाद्र १२, शुक्रबार