कार्तिक ५, २०८३ बिहिबार October 22, 2026

आसाममा बाढीबाट ९३ जनाको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः भारतको उत्तरपूर्वी राज्य आसाममा परेको भारी वर्षा र त्यसपछि आएको बाढीले गर्दा यहाँका कम्तीमा पनि ९३ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

यस राज्यमा गएको हप्तादिनसम्म परेको अविरल वर्षापछि ठूलो बाढी आएको थियो । त्यस बाढीमा प-री यस राज्यका अधिकारीहरुले यहाँ जनधनको ठूलो क्षति भएको बताएका छन् ।

आसाम राज्यको विपद् व्यवस्थापन विभागले दिएको जानकारीअनुसार यहाँ शुक्रबार बिहानसम्म ९३ जनाको ज्यान गएको छ । उनीहरु बाढीका कारण कोही बगेर र केहीको डुबेर ज्यान गएको हो । यहाँका २५ लाख मानिस नराम्ररी प्रभावित भएका पनि सो विभागले जनाएको छ । उनीहरु घरबास छोडेर सुरक्षित स्थलतर्फ जानुपर्ने अवस्था आएको बताइएको छ ।

उक्त विभागले दिएको जानकारीमा यहाँ ३०० भन्दा बढी चौपाया पनि मरेका छन् । सो विभागले गएको हप्ता दिन देखि नै यहाँ अविरल रुपमा वर्षा भइरहेको छ ।यहाँका सबैभन्दा बढी प्रभावित जिल्लाहरुमा धेमाजी, लखिमपुर, विश्वनाथ, दराङ, बाक्सा, नालबारी, बारपेटा, चिराङ, बोन्गाइगाउँ, कोक्राझार, ढुब्री, गोलपारा, कामरुप, मोरीगाउँ लगायतका रहेका छन् ।

उक्त विभागले यहाँका बढी मात्रामा प्रभावित भएका जिल्लाहरु कम्तीमा पनि २६ ओटा रहेका जनाएको छ । यहाँ वर्षा अझै रोकिएको छैन र खतरा पनि नटरेको सो विभागले जनाएको छ ।- रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को, रोजगारीको खोजीमा बिदेसिँदै नेपाली
२०८३ कार्तिक ५, बिहिबार
पुनःनिर्माणमा बजेटको कमी हुँदैनः मन्त्री लम्साल
२०८३ कार्तिक ५, बिहिबार
युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार
२०८३ कार्तिक ५, बिहिबार
पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते
२०८३ कार्तिक ५, बिहिबार
पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने
२०८३ कार्तिक ५, बिहिबार
दूषित पानीका कारण दक्षिण अफ्रिकामा ५०० भन्दा बढी बिरामी
२०८३ कार्तिक ५, बिहिबार
आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने
२०८३ कार्तिक ५, बिहिबार