काठमाण्डाैंः कर्णाली प्रदेशमा आज एकैदिन २८ जना कोरोना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा प्रदेश अस्पताल र पुशपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरीएको परीक्षणमा ४ जना र दैलेख अस्पतालको प्रयोगशालामा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
संक्रमितमध्ये २५ जना दैलेखका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार नारायण नगरपालिका वडा नं. १, ४ र ५ का ४-४ जना, वडा नं. २ का २ जना, वडा नं. ८ का ७ जना, वडा नं. ९, ११, १२ र दुल्लु नगरपालिका वडा नं. ५ का १-१ जना छन्।
त्यस्तै सुर्खेतको भेरीगंगा नगरपालिका वडा नं. १२ का २ जना र पञ्चपुरी नगरपालिका वडा नं. ५ का १ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार ८७९ जना पुगेको छ।
त्यस्तै आजै दैलेख अस्पतालबाट ३ जना, सुर्खेतको प्रदेश अस्पताल र लेखबेशी आइसोलेसनबाट १-१ जना गरी ५ जना डिस्चार्ज भएका छन्। योसँगै संक्रमितमध्ये १ हजार ६४४ जना डिस्चार्ज भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया