भाद्र ८, २०८३ सोमबार August 24, 2026

तिम्ल्याहा बच्चा जन्माउनेलाई रु ३० हजार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गलेश्वर, बेनी नगरपालिकाले तिम्ल्याहा बच्चा जन्माएका नगर क्षेत्रभित्रका दुई जनालाई जनही रु ३० हजारका दरले रकम प्रदान गरेको छ । नगरपालिकाले तिम्ल्याहा बच्चाका अभिभावक बेनी नगरपालिका–७ मङ्गलाघाटकी सम्झना पन्त बानियाँ र वडा नं ४ राक्सेका केदार आचार्यलाई उक्त रकम हस्तान्तरण गरेको हो ।

तिम्ल्याहा बच्चाको पालनपोषणमा सघाउन नगरपालिकाले सो रकम सहयोग गरिएको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।

मङ्गलबार नगरपालिकाको कार्यालयमा नगरप्रमुख श्रेष्ठ, उप्रमुख सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदी र प्रवक्ता तथा वडा नं ८ का वडाध्यक्ष रामकृष्ण बराइलीले सो रकम हस्तान्तरण गर्नुभयो ।

नगरकार्यपालिकाको मङ्गलबार सम्पन्न ३१औँ कार्यपालिका बैठकले रकम उपलब्ध गराउने निर्णय गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बागमती प्रदेशसभाको बैठक भोलि अपराह्न ४ः०० बजे हुने
२०८३ भाद्र ८, सोमबार
मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी
२०८३ भाद्र ८, सोमबार
नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
२०८३ भाद्र ८, सोमबार
गरिमा हत्या प्रकरणमा राज्य संबेदनशिल नभएको भन्दै रास्वपाका महामन्त्री आचार्यको आपत्ति
२०८३ भाद्र ८, सोमबार
बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार
२०८३ भाद्र ८, सोमबार
सांसद अर्यालद्वारा बालिका हत्याका दोषीलाई कारबाहीको माग
२०८३ भाद्र ८, सोमबार
श्रममन्त्री यादवसँग राजदूत शामसीको भेटवार्ता
२०८३ भाद्र ८, सोमबार