काठमाण्डौंः काठमाण्डौं उपत्यकामा ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा काठमाडौं जिल्लामा मात्र ४८ जना संक्रमित भेटिएको प्रवक्ता प्राडा. जागेश्वर गौतमले जानकारी दिए ।
मंगलबार भेटिएका संक्रमितहरुमा ललितपुरमा ४ र भक्तपुरका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत २३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैबिच काठमाण्डौं उपत्यका प्रवेश गर्ने विभिन्न नाकाहरुमा नै स्वाब संकलन गर्न थालिएको छ । सबैभन्दा धेरै थानकोट नागढुंगा नाकामा २ हजार ९ सय १४ जनाको स्वाब संकलन गरिएको छ ।
भक्तपुरको साँगामा ९ सय ४४ र फर्किङ नाकामा ९ सय ५३ जनाको स्वाब संकलन गरिएको नियमित पत्रकार सम्मेलनमा प्राडा. जागेश्वर गौतमले जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया