काठमाण्डाैंः पत्रकार तथा गायिका ईश्वरी बरालको ‘हरेक रात सपनीमा हुन्छु तिम्रै रानी’ बोलको लोक आधुनिक गीत सार्वजनिक भएको छ । गीतकार क्षितिज समर्पणको शब्द र सङ्गीतकार राजकुमार शाहीको सङ्गीत संयोजन रहेको सो गीत एक्का कम्पनीको युट्युब च्यानल मार्फत मङ्गलबार सार्वजनिक गरिएको हो ।
सञ्जय हमालले एरेन्ज गर्नुभएको उक्त गीतको सम्पादन पनि राजकुमारले नै गर्नुभएको छ । डान्सिङ विधाको गीत युवायुवतीको मायाप्रेममा आधारित छ । गायिका बराल, रचनाकार क्षितिज समर्पण र सङ्गीतकार शाही पत्रकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ । बरालले यसअघि ‘लभ पर्न सक्छ’ बोलको गीतमा स्वर दिनुभएको थियो ।
भिडियोमा हेर्नुहोसः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया