असार २४, २०८२ मंगलबार July 8, 2025

जीर्ण सीमा स्तम्भको मर्मत र रंगरोगन सुरु

यो वर्ष नेपालले १ सय १० वटा विजोर नम्बर भएका सीमा स्तम्भको मर्मत गर्न पर्ने निर्क्योल निकाली सकेर काम अगाडी बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगन्ज । रंग उड्न र जीर्ण हुन थालेका सीमा स्तम्भहरु मध्ये बिजोर नम्बरका सीमा स्तम्भको मर्मत तथा रंंगरोगन कार्य सुरु गरिएको छ । पर्सा जिल्लाको दक्षिणतर्फ नेपाल–भारतको सीमानामा पर्ने सीमा स्तम्भहरु मध्ये विजोर नम्बर भएका सीमा स्तम्भको मर्मत तथा रंगरोगन कार्य बुधबारबाट सुरु गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपालको २४ औं प्रहरी दिवसको अवसर पारेर यो कार्य सुरु गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ हे.क्वा पर्साको अगुवाईमा दुवै देशका सुरक्षाकर्मी र सरोकारवालाको उपस्थितिमा काम अगाडी बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । बिजोर नम्बर भएका १ सय १० वटा सीमा स्तम्भको मर्मत र रंगरोगन गर्न सुरु गरिएको उनको भनाइ छ ।

‘दुबै देशका सरोकारवाला निकायका जिम्मेवार व्यक्तिहरुको संयुक्त टोलीले सीमा स्तम्भको अनुगमन र निरिक्षण गर्छ । सो क्रममा मर्मत गर्नु पर्ने रंगरोगन गर्नु पर्ने देखिएका सीमा स्तम्भहरु मध्ये नेपालले बिजोर नम्बर भएका र भारतले जोर नम्बर भएका सीमा स्तम्भको मर्मत र रंगरोगन गर्ने गरेको उनको भनाइ छ ।

नेपालको पर्सा जिल्ला वीरगन्ज महानगरपालिका वडा नम्बर.–१६ ईनरुवा र भारततर्फको पूर्वी चम्पारण जिल्ला पन्टोका ग्राम पंचायत–४ सुन्दरपुरस्थित सीमा क्षेत्रको सानो सीमा स्तम्भ नम्बर ३९१–६ बुधबार मर्मत र रंगरोगन गरिएको छ । मर्मत र रंगरोगन गर्न पर्ने पहिचान गरिसकिएका मध्ये नेपालले गर्ने बिजोर नम्बर भएका मध्ये १ सय १० वटा सीमा स्तम्भहरुको मर्मत र रंगरोगन कार्य थालिएको सशस्त्र प्रहरी बल नम्बर १३ हे.क्वा.का गणपति सशस्त्र प्रहरी उपरिक्षक राधेश्याम धिमालले बताए ।

‘यो कार्य दुबै तर्फका सुरक्षाकर्मीले हरेक वर्ष गर्दै आएको कार्य मध्ये कै हाेंं’ उनले भने । नेपाल भारत दुवै देशका सुरक्षा अंग र सरोकारवालाहरुको संयुक्त अनुगमन पश्चात मर्मत र रंगरोगन गर्न पर्ने देखिएका सीमा स्तम्भ मध्ये आपसी समझदारीमा बिजोर नम्बर भएका सीमा स्तम्भ सशस्त्र प्रहरी बल नेपालले र जोर नम्बर भएका सीमा स्तम्भ भारतीय एसएसबीले मर्मत र रंगरोगन गर्दै आएको खुलेको छ ।

पर्सा जिल्लासँग भारतीय सीमा जोडिएको १ सय ७ किलोमिटर दूरीमा पर्ने १ हजार ५९ सीमा स्तम्भ मध्ये यो वर्ष नेपालले १ सय १० वटा विजोर नम्बर भएका सीमा स्तम्भको मर्मत गर्न पर्ने निक्र्योल निकाली सकेर काम अगाडी बढाएको हो । २०५७ सालमा स्थापना भएको अद्र्ध–सैनिक बलका रुपमा रहेको सशस्त्र प्रहरी बलले गर्न पर्ने बिभिन्न कार्यहरु मध्ये सीमा सुरक्षा गर्न पर्ने जिम्मेवारी पनि सशस्त्र प्रहरी बलको जिम्मामा रहेको छ । यो कार्यलाई सशस्त्र प्रहरीले गम्भिरता पूर्वक लिएर सीमाको रक्षा र सीमा स्तम्भको दूरुस्ती गर्ने कार्य गरिरहेको जनाएको छ ।

नेपाल सरकारले सशस्त्र प्रहरी बल नेपालले गर्न पर्ने कामलाई प्राथमिकीकरण गर्दै सशस्त्र प्रहरीलाई सीमाको सुरक्षा, मुलुक भित्रको कुनै पनि भागमा हुन सक्ने सशस्त्र संघर्ष नियन्त्रण, सशस्त्र विद्रोह वा पृथकतावादी गतिविधि नियन्त्रण, मुलुकको कुनै पनि भागमा भएको वा हुन सक्ने आतंककारी गतिविधि नियन्त्रण र भएको वा हुन सक्ने दंगा नियन्त्रण, दैवी प्रकोप र महामारीबाट पीडितको उद्धार, नेपालका कुनै नागरिक वा अरु कसैलाई अपहरण गरिएमा अपहरित व्यक्तिको उद्धार गर्न वा अन्य कुनै किसिमको जघन्य तथा गम्भिर अपराध घटेमा वा गम्भिर प्रकृतिको अशान्ति भएमा वा हुने आशंका भएमा त्यसलाई नियन्त्रण गर्न पनि सशस्त्र प्रहरीलाई परिचालन गर्ने गरेको छ ।

त्यसै गरी सशस्त्र प्रहरीलाई वाह्य आक्रमणको अवस्थामा नेपाली सेनाको मातहतमा रही सहयोग गर्ने, नेपाल सरकारले तोकेको सार्वजनिक महत्वका भवन, संरचना र अन्य स्थल आदिको सुरक्षा गर्ने नेपाल सरकारले सुरक्षा दिनु पर्ने ठह¥याएका व्यक्ति र तोकेको संस्था आदिको सुरक्षा गर्ने, अथवा सशस्त्र प्रहरीले गर्न पर्ने कार्यको लागि बनेका ऐन नियमको परिधिमा रही सो ऐन कानूनमा उल्लेख भएका वा अन्य प्रचलित कानून बमोजिम सरकारले तोकेका कार्यहरु पनि सशस्त्र प्रहरी गर्ने गरेको छ । बुधबार पर्सा जिल्लाको पूर्वी सीमानामा पर्ने उक्त सीमा स्तम्भको मर्मत तथा रंगरोगन कार्य पनि सशस्त्र प्रहरी बलको जिम्मेवारी अन्तर्गतको कार्य निर्वाह गरेको हो ।

सो कार्यको सुरुवाती क्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा.पर्साका गणपति सशस्त्र प्रहरी उपरिक्षक राधेश्याम धिमाल, राष्ट्रिय अनुसन्धान कार्यालय पर्साका प्रमुख उप–अनुसन्धान निरिक्षक दिलिप कुमार सिंह, नापी विभागको प्रतिनिधि कपिल कटुवाल, जि.प्र.का.पर्साबाट प्र.ना.उ.सुवास भट्ट लगायत प्र.सि.सु.गुल्म वीरगन्ंजका सशस्त्र प्रहरी नायव उपरिक्षक लोकेन्द्र सुब्बाको उपस्थिति रहेको थियो ।

त्यसै गरी भारतको तर्फबाट मर्मत तथा रंगरोगन कार्यमा भारतीय समकक्षीको ४७ बटालियन हेड क्वाटरस पन्टोकाका इ कम्पनीको तर्फबाट एसी उत्तम कुमार घोसको कमाण्डमा अन्य चार जनाको उपस्थिति रहेको थियो ।

सन् २०१४ पश्चात निर्माण गरिएका बिजोर नम्वरका सीमा स्तम्भ सशस्त्र प्रहरी बल नेपाल र जोर नम्बरका सीमा स्तम्भको रंगरोगन तथा मर्मत सम्भारको जिम्मा भारतले गर्दै आएको सशस्त्र प्रहरी बल नम्बर १३ हे.क्वा.का सूचना अधिकारी नरेन्द्र सिंह धामीले बताए । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार