असार २४, २०८२ मंगलबार July 8, 2025

हमासले आज रिहा गर्ने चार बन्धकको नाम सार्वजनिक

हमासको बन्धनबाट इजरायली चार सैनिक मुक्ति पाउदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः हमासले गाजा युद्धविराम सम्झौताअन्तर्गत रिहा गरिने इजरायली बन्धकहरूको दोस्रो सूची जारी गरेको छ ।

युद्धविराम सम्झौताअन्तर्गत हमासले शनिबार चार इजरायली बन्धकहरूलाई रिहा गर्ने बताएको छ । हमासले यी चार बन्धकको नाम पनि खुलाएको छ ।

हमासले यी चार जना इजरायली सैनिक भएको बताएको छ, जसको नाम करिना एरिभ, ड्यानिएला गिल्बोआ, लेवी र लिरी अल्बाग रहेको छ । यी चार इजरायली सैनिकलाई १८० प्यालेस्टिनी कैदीको सट्टामा रिहा गरिने छ ।

गत आइतबार लागू भएको गाजा युद्धविराम सम्झौताअन्तर्गत बन्धक र बन्दीहरू आदानप्रदान भएको यो दोस्रो पटक हो । पहिलो पटक हमासले ९० प्यालेस्टिनी बन्दीहरूको सट्टामा तीन बन्धकहरूलाई रिहा गरेको थियो ।

अक्टोबर ७, २०२३ मा इजरायलमा हमासले आक्रमण गरेको थियो, जसमा १२०० इजरायली मारिएका थिए । यस हमलामा हमासले २५१ इजरायलीलाई बन्धक बनाएको थियो ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार हमासको आक्रमणपछि इजरायलले गरेको जवाफी कारबाहीमा ४७,२०० प्यालेस्टाइनीको मृत्यु भएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार