असार २८, २०८२ शनिबार July 12, 2025

वीरगञ्ज महानगरका मेयर सरावगीलाई कोरोना सङ्क्रमण पुष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीमा कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानुभएका सरावगीको त्यहीँ स्वाब सङ्कलन गरेर परीक्षण गर्दा परीक्षण रिपोर्ट पोजिटिभ आएको वीरगञ्ज महानगरपालिका उपप्रमुख शान्ति कार्कीले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।
उहाँले आफूले मेयरसँग फोनमा कुरा गरेको र उहाँ अहिले काठमाडौँमा उपचार जारी रहेकाे बताउनुभएकाे जानकारी दिनुभयो । साथै उपमेयर कार्कीले पनि आफू पनि कोठाबाट ननिस्किएको बताउनुभयो ।

मेयर सरावगीले फेसबुकमा ‘तपाईंहरूको सेवामा अनवरत रुपमा लाग्दालाग्दै म स्वयम् कोरोनाको सङ्क्रमणको चपेटामा परेको छु । काठमाडौँकाे एक अस्पतालमा उपचार भइरहेको छ । कोरोना सङ्क्रमणलाई जितेर पुनः नगरवासीको सेवामा फर्किनेछु ।’ भनी लेख्नुभएकाे छ ।

सहयोग रकम सङ्कलन गरेर पीसीआर मेसिन खरिद गर्नुको साथै क्वारेन्टिन, आइसोलेसन र कोभिड अस्पतालमा रहेका सङ्क्रमितसहित अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी र सफाइकर्मीको खाना र बस्ने व्यवस्था मिलाएको, भारतबाट आएकाहरूको क्वारेन्टिन, सङ्क्रमितहरूको आइसोलेसनको रेखदेखमा खटिँदैआएको तर अहिले सङ्क्रमणको चपेटामा परेर उपचारत रहेको अवस्था सामान्य रहेको र कोरोना सङ्क्रमणलाई जितेर पुनः नगरवासीको सेवामा फर्किने प्रतिबद्धता उक्त फेसबुक पोष्टमा गरिएको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले आधिकारिक रुपमा मेयर सरावगीलाई कोरोना सङ्क्रमण भएको खबर आफूकहाँ नआएको बताउनुभयो । ‘मैले पनि तपाईंजस्तै अरुले भनेर सुनेको छु, फेसबुकबाट सङ्क्रमित भएको घोषणा गर्नुभएको छ अरे । यस्तो विषयमा नभई सङ्क्रमित भए भन्ने कुरा हुँदैन सङ्क्रमण भएको होला तर आधिकारिक जानकारी मात्र नआएको हो ।’ उहाँले गोरखापत्रसँग भन्नुभयो ।

नारायणी अस्पतालका चिकित्सक डा. निरजकुमार सिंहले मेयर सरावगीले नारायणी अस्पतालको ल्याबमा परीक्षण नगराएकाले काठमाडौँमा गराउनुभएकाले आफूहरूलाई थाहा नभएको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार