मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

अमेरिकाको वाशिङ्टन डीसीमा यात्रुवाहक विमान र हेलिकप्टर एकआपसमा ठोकिएर दुर्घटना

विमान खसेको ठाउँमा खोजी र उद्धार अभियान जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः वाशिंगटन डीसीस्थित रेगन राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारीमा रहेको एउटा यात्रुबहाक विमान अरेको हेलिकप्टरसँग आकाशमा ठोक्किएको अमेरिकाको सङ्घीय नागरिक उड्डयन निकायले जनाएको छ ।

स्थानीय समयानुसार बेलुकी ९ बजेतिर आकाशमै हेलिकप्टरसँग ठोकिएपछि अमेरिकन एअरलाइन्सको उक्त विमान वाशिड्टन डीसीस्थित पोटोम्याक नदीमा खसेको थियो । चालकदलका सदस्यसहित ६४ यात्रु सवार उक्त विमान क्यान्सास राज्यको विचिटाबाट प्रस्थान गरेको थियो ।

विमान खसेको ठाउँमा खोजी र उद्धार अभियान जारी छ । एफएएका अनुसार विमान रेगन वाशिङ्टन नेशनल एअरपोर्टको धावनमार्ग ३३ मा अवतरणका लागि जाँदै गर्दा उक्त घटना भएको हो ।

दुर्घटनामा परेको हेलिकप्टर अमेरिकी सेनाको ‘ब्ल्याक हक’ भएको र त्यसमा तीन सैनिक सवार रहेको एक अधिकारीले बीबीसीको अमेरिकी साझेदार सीबीएसलाई बताएका छन् । अहिले रेगन राष्ट्रिय विमानस्थलमा सबै उडान र अवतरण रोकिएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन
२०८३ मंग्सिर ३, बिहिबार
विश्वका प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो स्थानमा
२०८३ मंग्सिर ३, बिहिबार
भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो
२०८३ मंग्सिर ३, बिहिबार
चिप निर्यातमा वृद्धिसँगै दक्षिण कोरियाको आर्थिक सम्भावना बलियो
२०८३ मंग्सिर ३, बिहिबार
उद्यमशीलतायुक्त सांस्कृतिक गाउँको यात्रामा बेनीकोट
२०८३ मंग्सिर ३, बिहिबार
आणविक हतियार र दुई युद्धको मुद्दासहित ट्रम्पले सी र पुटिनसँग भेटवार्ता गर्दै
२०८३ मंग्सिर ३, बिहिबार
भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात घाइते
२०८३ मंग्सिर ३, बिहिबार