असार २४, २०८२ मंगलबार July 8, 2025

म्यानमारले थप्यो आपतकालको अवधि ६ महिना

म्यानमारले फेब्रुअरी २०२१ मा एक वर्षका लागि आपत्काल घोषणा गरेको थियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

म्यानमार, माघ २० गते । म्यानमारको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले देशमा आपतकालको अवधि ६ महिना थप गरेको छ । शुक्रबार नेपि तावमा आयोजित बैठकमा उपस्थित सबै सदस्यहरूले आपतकालीन अवधि बढाउन सहमति जनाएका छन् ।

राज्यको संविधानको धारा ४२५ अनुसार यो अवधि थप गरिएको छ । निर्वाचन सफल रूपमा सम्पन्न गर्न आवश्यक पर्ने काम र त्यसलाई कार्यान्वयन गर्न शान्ति र स्थिरताको आवश्यकताका कारण यो अवधि थप गरिएको हो ।

बैठकले निर्वाचन तयारी, कृषि तथा पशुजन्य उत्पादनको उत्पादन वृद्धि, राष्ट्रिय विकासका लागि शिक्षा क्षेत्रलाई बढाउने प्रयास र स्वास्थ्य क्षेत्रसँग सम्बन्धित मुद्दाहरूमा छलफल गरेको थियो । यसका साथै बैठकले विपद् पछिको पुनर्स्थापना कार्यहरू र सशस्त्र द्वन्द्व अन्त्य गर्ने र दिगो शान्ति प्राप्त गर्ने प्रयासहरूसँग सम्बन्धित विषयमा पनि छलफल गरेको रिपोर्टमा उल्लेख छ ।

म्यानमारले फेब्रुअरी २०२१ मा एक वर्षका लागि आपत्काल घोषणा गरेको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार