काठमाडौंः नेपालमा कोरोना संक्रमीतको संख्या बढ्दै गएपनि निको हुनेको संख्या पनि क्रमश बढी नै रहेको छ । त्यसैक्रममा शनिवार आज पनि थप ९३ जनाले कोरोना जितेर घर फर्किएका छन् ।
हालसम्म नेपालमा कोरोना भाईरसलाई जितेर घर फर्कनेको संख्या १४ हजार ४ सय ९२ पुगेको छ । यस्तै हालसम्म नेपालका ६ वटा जिल्ला कोरोनामुक्त भइसकेका छन् । कोरोनाबाट मुक्त भएका जिल्लामा भोजपुर, संखुवासभा, रसुवा, काभ्रे, मनाङ र मुस्ताङ रहेका छन् ।
यी जिल्लामा कोरोना देखिएपनि निको भएर घर फर्किसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ८६ पुगेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया