मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

बङ्गलादेशमा फैलियो हिंसा – बङ्गबन्धु रहमानको घरमा तोडफोड

अवामी लिगसँग आबद्ध नेताहरूको घरमा ताडफोड र आगजनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, माघ २५ गते । बङ्गलादेशका संस्थापक तथा राष्ट्रपिता बङ्गबन्धु सेख मुजिबुर रहमानको घरमा प्रदर्शनकारीले तोडफोड गरेका छन् ।

पूर्वसरकार प्रमुख सेख हसिना वाजेद बङ्गलादेशमा गत वर्ष चलेको गृहद्वन्द्वका कारण भारत निर्वासनमा रहनुभएको छ तर बङ्गलादेशमा उहाँको परिवारलगायत उहाँको पार्टी अवामी लिगसँग आबद्ध नेताहरूको घरमा ताडफोड र आगजनी अझै रोकिएको छैन ।

प्रदर्शनकारीले बुधबार मध्यरातमा बङ्गबन्धु रहमानको ढाका धानमण्डी–३२ स्थित घरमा आक्रमण सुरु गरेर बिहीबार बिहानसम्म जारी राखेको त्यहाँको सञ्चार माध्यम डेली स्टार र ढाका ट्रिब्युनले जनाएको छ । डोजरसहित घर भत्काउने उद्देश्यले पुगेका प्रदर्शनकारीले घरको अगाडिको भाग तहसनहस पारेका छन् । सञ्चार माध्यमका अनुसार सेनाका जवानहरू घटनास्थलमा पुगे पनि सडकमै चुपचाप उभिएर हेर्न बाध्य भएका थिए ।

अवामी लिग समर्थित अन्य नेताको घरमा पनि अन्तरिम सरकार समर्थित प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन् । उनीहरूले ढाका युनिभर्सिटीको सभा हल र प्रमुख गेटबाट पनि रहमानको नाम हटाइदिएका छन् ।  प्रदर्शनकारीले भारतमा बसेर बङ्गलादेशविरोधी गतिविधि सञ्चालन गरेको आरोप पूर्वप्रधानमन्त्री हसिनामाथि लगाएका छन् । उनीहरूले बङ्गलादेशमा अवामी लिगलाई कुनै पनि निर्वाचनमा भाग लिन नदिन माग गरिरहेका छन् ।

बङ्गलादेश मुक्ति युद्धको इतिहासमाथि नै प्रदर्शनकारीले आक्रमण गरेर प्रश्न उब्जाएको टिप्पणी अन्तर्राष्ट्रिय जगत्मा हुन थालेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन
२०८३ मंग्सिर ३, बिहिबार
विश्वका प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो स्थानमा
२०८३ मंग्सिर ३, बिहिबार
भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो
२०८३ मंग्सिर ३, बिहिबार
चिप निर्यातमा वृद्धिसँगै दक्षिण कोरियाको आर्थिक सम्भावना बलियो
२०८३ मंग्सिर ३, बिहिबार
उद्यमशीलतायुक्त सांस्कृतिक गाउँको यात्रामा बेनीकोट
२०८३ मंग्सिर ३, बिहिबार
आणविक हतियार र दुई युद्धको मुद्दासहित ट्रम्पले सी र पुटिनसँग भेटवार्ता गर्दै
२०८३ मंग्सिर ३, बिहिबार
भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात घाइते
२०८३ मंग्सिर ३, बिहिबार