मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

भूकम्पपछि कोलम्बिया, केम्यान टापु, कोस्टारिका, होन्डुरास, निकारागुवा, र क्युबा लगायतका क्षेत्रहरूमा हाइ एलर्ट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि त्यस आसपासका टापुहरूमा सुनामीको चेतावनी दिइएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार, भूकम्पको केन्द्रबिन्दु होन्डुरासबाट लगभग २० माइल (३२.१ किमी) उत्तर र केम्यान टापुबाट १३० माइल (२०९.२ किमी) दक्षिण–रहेको छ।

यस भूकम्पपछि कोलम्बिया, केम्यान टापु, कोस्टारिका, होन्डुरास, निकारागुवा, र क्युबा लगायतका क्षेत्रहरूमा सुनामी चेतावनी जारी गरिएको छ। राष्ट्रिय सुनामी चेतावनी केन्द्रले केही देशहरूमा अझै सुनामीको सम्भावना रहेको बताउँदै सावधानी अपनाउन भनेको छ, जबकि केही देशहरूमा चेतावनी रद्द गरिएको छ।

केम्यान टापु सरकार भने अझै पनि सुनामी खतराको अवस्थामा रहेको भन्दै तटीय क्षेत्रका बासिन्दाहरूलाई स्थलतर्फ सर्न आग्रह गरेको छ।

यूएसजीएसका अनुसार, यो स्थानमा यस्ता ठूला भूकम्पहरूको आवागमन अस्वाभाविक होइन। यसअघि सन् २०१८ मा पनि ७.५ म्याग्निच्युडको भूकम्प यही क्षेत्रमा आएको थियो, जसले केही क्षति पुर्‍याउनुका साथै सानो सुनामी पनि ल्याएको थियो। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन
२०८३ मंग्सिर ३, बिहिबार
विश्वका प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो स्थानमा
२०८३ मंग्सिर ३, बिहिबार
भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो
२०८३ मंग्सिर ३, बिहिबार
चिप निर्यातमा वृद्धिसँगै दक्षिण कोरियाको आर्थिक सम्भावना बलियो
२०८३ मंग्सिर ३, बिहिबार
उद्यमशीलतायुक्त सांस्कृतिक गाउँको यात्रामा बेनीकोट
२०८३ मंग्सिर ३, बिहिबार
आणविक हतियार र दुई युद्धको मुद्दासहित ट्रम्पले सी र पुटिनसँग भेटवार्ता गर्दै
२०८३ मंग्सिर ३, बिहिबार
भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात घाइते
२०८३ मंग्सिर ३, बिहिबार