काठमाण्डाैंः सुदूरपश्चिममा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न अस्पतालमा गरिएको परीक्षणमा थप ३५ पुरुष र ११ महिलामा संक्रमण पुष्टि भएका हो ।
संक्रमितमध्ये कैलालीका २० पुरुष र ५ महिला, कञ्चनपुरका ७ पुरुष र १ महिला, बझाङ्गका १ पुरुष, डोटीका ७ पुरुष र ५ महिलामा संक्रमण पुष्टि भएको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । योसँगै सक्रिय संक्रमितको संख्या १ हजार ३३६ पुगेको छ । यसअघि नै ३ हजार २४८ जना निको भएर घर गइसकेका छन् भने ९ जना संक्रमितको मृत्यु भइसकेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।
प्रदेशमा हालसम्म ३६ हजार ३४९ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र ३१ हजार ७५६ मा नेगेटिभ आएको उनले बताए । १ हजार ३६५ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख २४ हजार ६७७ जनामा परीक्षण गरिएको छ ।
हालसम्म फेला परेका संक्रमितहरु अछामका ६९५, बैतडीका ३१९, बझाङ्गका २६८, बाजुरा ४४९, डडेल्धुराका ३०१, दार्चुलाका ३८, डोटीका ७३० , कैलालीका १२२७ र कञ्चनपुरका ५६६ गरी ४ हजार ५९३ रहेका छन् । जस्मा महिला १ हजार १०० र पुरुष ३ हजार ४९३ रहेका छन् ।
क्वारेन्टिनमा १ हजार ५५९ पुरुष र ५ सय ४९ महिला रहेका छन् । प्रदेशका बिभिन्न आईसोलेसनमा शंकास्पद १८ र संक्रमित ५६ गरी ७४ जनाको उपचार भइरहेको छ । ८५९ जना भने सामान्य उपचारपछि घर गईसकेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया