असार १२, २०८३ शुक्रबार June 26, 2026

अक्सफोर्ड माविले मनायो १५ औं वार्षिक उत्सव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राजधानीको नयाँबजारमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयले आफ्नो १५ औं वार्षिक उत्सव मनाएकोछ । शनिबार विद्यालय प्रांगणमा आयोजित कार्यक्रममा विभिन्न सांस्स्ृकति कार्यक्रमसहित भव्य रुपमा वार्षिक उत्सव मनाएको थियो ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष भोलानाथ ढकाललको सभापतित्व तथा प्राध्यापाक डा. चुडा ढकाललको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्राचार्य राजेन्द्र ढकालले विद्यालयको वार्षिक गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो भने सहायक प्रिन्सिपल विकास ढकालले स्वागत मन्तप्य राख्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि चुडा  ढकालले विद्यालयले १५ वर्षको यात्रालाई सफलता पुर्वक गुणस्तरीय शिक्षा दिन सफल भएकोमा बधाई दिँदै आगामी दिनमा यसलाई अझ वृद्धि गर्दै लैजान सुझाव दिनुभयो ।

युवा पत्रकार तथा अभिभावक शुकदेव दाहालले विद्यालयले गुणस्तरीय शिक्षाका साथै विद्यार्थीहरुलाई अन्य विषयमा पनिउत्तिकै महत्वकासाथ सहभागि गराएको भन्दै यसले विद्यार्थीहरुको बाहिरि नलेजलाई फाइदा पुगेको भन्दै विद्यालयले आगामी दिनमा सफलता प्राप्त गरोस भन्दै शुभकामना दिनुभयो ।

विद्यालयका व्यवस्थापक विष्णुहरी देवकोटाले सञ्चालन गर्नुभएको सो कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृति कार्यक्रम गरेर अभिभावकलाई दिनभर मनोरञ्जनप्रदान गरेका थिए । नायँबजारमा १५ वर्षअघि स्थापना भएको विद्यालयले कक्षा १२ सम्मको पढाई सञ्चालन गरिरहेको छ  भने सोही समुहले आधारशिला कलेजको रुपमा स्नातकसम्मको पनि अध्ययन गराईरहेको छ ।

यसअघि शुक्रबार विद्यालयले प्रि प्राईमी कक्षाका अभिभावकहरुका लागि छुट्टै कार्यक्तमको आयोजना गरेको थियो । विद्यालय स्तरमा करिब ८ सय विद्यार्थी अध्ययन गरिरहेको विद्यालयले जनाएको छ

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपा देशकै प्रमुख शक्तिका रूपमा परिपक्व भएर अगाडि बढ्छ : सभापति लामिछाने
२०८३ असार १२, शुक्रबार
रास्वपाको उपसभापतिमा गौतम र महामन्त्रीमा आचार्य विजयी
२०८३ असार १२, शुक्रबार
महिला टि–ट्वान्टी क्रिकेटः एपीएफ र कोशी उपाधिका लागि भिड्ने
२०८३ असार १२, शुक्रबार
न्यायपालिका र सञ्चार माध्यम एक अर्काका परिपूरक हुन् : प्रधान न्यायाधीश डा शर्मा
२०८३ असार १२, शुक्रबार
प्रदेश खारेज भए संघीयता बँच्दैन : मन्त्री चौधरी
२०८३ असार १२, शुक्रबार
भेनेजुएला भूकम्प: मृतकको संख्या २३५ पुग्यो
२०८३ असार १२, शुक्रबार
अर्घाखाँचीमा साठी हजार टिमुरका बिरुवा रोपिँदै
२०८३ असार १२, शुक्रबार