मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

चिनियाँ राष्ट्रपति सी र ज्याक मालगायतका उद्यमीबिच भेटवार्ता

विश्वको दोस्रो ठुलो अर्थतन्त्रमा राज्यका उद्यमहरूको भूमिकालाई निरन्तर बढावा दिने सीको तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बेइजिङ, फागुन ५ गते । चीनका राष्ट्रपति सी चिनफिङले सोमबार अलिबाबाका सहसंस्थापक ज्याक मालगायत निजी क्षेत्रका शीर्ष व्यापारिक नेतृत्वसँग भेटवार्ता गरेको चिनिया सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

एक दशकभन्दा बढी समयअघि सत्तामा आएदेखि नै सीले विश्वको दोस्रो ठुलो अर्थतन्त्रमा राज्यका उद्यमहरूको भूमिकालाई निरन्तर बढावा दिन खोज्नुभएको छ र निजी क्षेत्रको ‘अव्यवस्थित’ विस्तार  हुन नदिन चाहनुहुन्छ ।

उहाँले प्रमुख व्यापारिक दिग्गजहरूलाई भेट्ने तयारी गरिरहनुभएको समाचार गत हप्ता सार्वजनिक भएको थियो ।

देशले रियल स्टेट सङ्कट, निरन्तरको कम खपत र उच्च युवा बेरोजगारीले घेरिएको सुस्त अर्थव्यवस्थासँग जुधिरहेका अवस्थामा राजनीतिक नेतृत्व र उद्यमीबिच भएको भेटवार्तालाई उच्च महत्त्वका साथ हेरिएको छ ।

चीनको सरकारी प्रसारक सिसी टिभीका अनुसार बेइजिङको ग्रेट हल अफ द पिपुलमा भएको बैठकमा राष्ट्रपति सीलाई तालीको गडगडाहटसहित भव्य स्वागत गरिएको भिडियो चिनियाँ सञ्चारमाध्यममा सर्वत्र छाएको थियो ।

सिसी टिभीले तत्काल बैठकको विषयवस्तुबारे विस्तृत विवरण दिएको छैन ।

माको समावेशले अरबपति म्याग्नेटको सम्भावित सार्वजनिक पुनर्वासको सकेत गर्दछ जुन नियामकहरूसँगको विवादपछि वर्षौंपछि चर्चाबाट बाहिर छ ।

पूर्व अङ्ग्रेजी शिक्षक ज्याक माले चीनको सबैभन्दा परिचित र प्रभावशाली निजी कम्पनीको रूपमा प्रविधि कम्पनी अलिबाबाको स्थापना गर्नुभएको थियो ।

अलिबाबाले यसै साता आफ्नो पछिल्लो त्रैमासिक आम्दानी प्रतिवेदन सार्वजनिक गर्ने अपेक्षा गरिएको छ र यस वर्ष अहिलेसम्म यसको शेयर४० प्रतिशतभन्दा बढीले बढेको छ ।

सोमबारको बैठकमा विशाल प्रविधि कम्पनी हुवावेका संस्थापक रेन झेङफेई र विशाल विद्युतीय सवारी साधन बिवाई डीका संस्थापक वाङ चुआनफु पनि सहभागी हुनुहुन्थ्यो ।

सी, रेन र वाङले बैठकलाई सम्बोधन गरेको सिसी टीभी फुटेज प्रसारण भए पनि उनीहरूले बोलेको कुराको अडियो वा लिखित विवरण तत्काल उपलब्ध गराइएको छैन ।

ब्याट्री पावरहाउस सीएटीएलका संस्थापक रोबिन जेङ र इन्टरनेट प्लेटफर्म मेइटुआनका सहसंस्थापक वाङ जिङ पनि उक्त कार्यक्रममा सहभागी हुनुभएको छ ।

गत वर्ष अर्थव्यवस्था पाँच प्रतिशतले वृद्धि भएको चीनले महामारीबाट बलियो पुनरुत्थान हुन सङ्घर्ष गरिरहेको छ । यो वृद्धि दशकौँपछिको सबैभन्दा सुस्त थियो ।

बेइजिङले सन् २०२५ मा पनि यस्तै स्तरको आर्थिक वृद्धिको लक्ष्य राखेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारी करसहित आफ्नो कडा व्यापार नीतिलाई नवीकरण गरेपछि यसले चीनलाई पनि असर गर्ने अनुमानहरू गरिएका छन् ।

ट्रम्पले यसअघि नै चीनबाट हुने सबै आयातमा १० प्रतिशत थप कर लगाउने घोषणा गरिसक्नुभएको छ भने बदलामा बेइजिङले कोइला र ग्यासलाई लक्षित गरी तत्कालै कर वृद्धि गर्ने घोषणा गरिसकेको छ । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन
२०८३ मंग्सिर ३, बिहिबार
विश्वका प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो स्थानमा
२०८३ मंग्सिर ३, बिहिबार
भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो
२०८३ मंग्सिर ३, बिहिबार
चिप निर्यातमा वृद्धिसँगै दक्षिण कोरियाको आर्थिक सम्भावना बलियो
२०८३ मंग्सिर ३, बिहिबार
उद्यमशीलतायुक्त सांस्कृतिक गाउँको यात्रामा बेनीकोट
२०८३ मंग्सिर ३, बिहिबार
आणविक हतियार र दुई युद्धको मुद्दासहित ट्रम्पले सी र पुटिनसँग भेटवार्ता गर्दै
२०८३ मंग्सिर ३, बिहिबार
भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात घाइते
२०८३ मंग्सिर ३, बिहिबार