पुष २२, २०८२ मंगलबार January 6, 2026

निगमको टिकटमा जापान एयरलाइन्सको हवाई सेवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल वायुसेवा निगम र जापान एयरलाइन्सबिच सहज हवाई यात्रा र व्यापार विस्तारका लागि सम्झौता भएको छ ।

निगमबाट संसारभरकै गन्तव्यको टिकट लिएर जापान एयरलाइन्समार्फत उडान गर्ने गरी द्विपक्षीय सम्झौता भएको निगमले जनाएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार काठमाडौँबाट निगमको जहाजमा जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने यात्रुले अमेरिकी तथा पश्चिमा मुलुक एवं कोरियाको यात्रा गर्दा जापान एयरलाइन्सको जहाजमार्फत कनेक्टिङ फ्लाइटमार्फत यात्रा गर्न सक्ने गरी सम्झौता भएको हो ।

उहाँले भन्नुभयो, “हाल निगमले सबैभन्दा टाढाको गन्तव्यका रूपमा नारितामा उडान गर्दै आएको छ । काठमाडौँबाट अमेरिकी तथा पश्चिमा मुलुकको यात्रा गर्ने यात्रुले अब जापानमा छोटो ट्रान्जिट गर्दै जापान एयरलाइन्समार्फत अन्य मुलुकमा यात्रा गर्न सक्ने भएका छन् ।”

यो सम्झौताले निगमको टिकटबाट जापान एयरलाइन्सको कनेक्टिङ फ्लाइटमार्फत विश्वभरको अन्तिम गन्तव्यसम्मका लागि यात्रु तथा ब्यागेज चेक–इन सुविधा प्राप्त हुने उहाँले जानकारी दिनुभयो । सोही नेटवर्क हुँदै विश्वभरबाट पर्यटक सहज रूपमा नेपाल भ्रमण गर्न सक्ने उहाँको भनाइ छ ।

सम्झौताले निगमको व्यापार विस्तार हुनुका साथै समग्र देशको पर्यटन प्रवर्धन र विकास तथा विदेशी मुद्रा आर्जनमा टेवा पुग्ने उहाँले बताउनुभयो ।

पौडेलका अनुसार सहज तथा किफायती यात्राका साथै विश्वभरका विभिन्न मुलुक र जापानकै विभिन्न आन्तरिक गन्तव्यसम्म निगमकै टिकटमा विश्वस्तरीय सेवा लिन सकिने छ ।  जापान एयरलाइन्ससहित निगमसँग हाल प्यासेन्जर इन्टरलाइन पार्टनरसिप एग्रिमेन्ट गर्ने वायुसेवाको सङ्ख्या २५ पुगेको छ भने कार्गो पार्टनरसिप सहमित गर्ने वायुसेवाको सङ्ख्या भने २८ रहेको छ ।  गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेस विशेष महाधिवेशन पक्षधरद्धारा काठमाण्डौं प्रसासनसँग सुरक्षा व्यवस्था माग
२०८२ पुष २३, बुधबार
प्रधानमन्त्री कार्कीसँग प्रदेश प्रमुख लाभद्वारा शिष्टाचार भेटवार्ता
२०८२ पुष २२, मंगलबार
सामाजिक सद्भाव कायम राख्न आयोगको सरकारलाई निर्देशन
२०८२ पुष २२, मंगलबार
जसपा नेपालद्वारा रुपन्देहीमा उम्मेदवार सिफारिस
२०८२ पुष २२, मंगलबार
इन्डोनेसियामा आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या १६ जना पुग्यो
२०८२ पुष २२, मंगलबार
पछिल्लो परिवर्तनमा ‘जेनजी’ युवाहरूको महत्त्वपूर्ण भूमिका छ : दुर्गा प्रसाँई
२०८२ पुष २२, मंगलबार
सिनेमा प्रमाणीकरणका लागि बोर्डलाई प्रभावकारी बनाउनुपर्छ : सञ्चारमन्त्री खरेल
२०८२ पुष २२, मंगलबार