कार्तिक १२, २०८३ बिहिबार October 29, 2026

युएसएआइडीको रकम धर्म प्रचारमा प्रयोग गरेको छैन : मह जोडी

हामी हाम्रो काममा निरन्तर लागिरहन्छौं । पछाडि यस्ता किसिमका कुरा आएर हामी हतोत्साहित हुँदैनौं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अमेरिकी विकास सहायता (युएसएआइडी) को रकम धर्म प्रचारमा प्रयोग नगरेको प्रष्टीकरण दिएका छन्।

आफूहरुमाथि सामाजिक सञ्जालमा लागेको आरोपबारे बिहीबार एक भिडियो सन्देशमार्फत त्यसको खण्डन गर्दै महजोडीले अनर्गल प्रचार गरिएकोप्रति आपत्ति जनाएका छन्।

‘हिजोआज सामाजिक सञ्जालमा महजोडीले युएसएआइडीको पैसा लिएर धर्मविरोधी काम र प्रचार गर्‍यो भनेर अनर्गल प्रचार गरिएको छ। हामीलाई आफ्नो हितैशीहरूबाट नै यस्तो आरोप सुन्नुपर्दा अत्यन्तै चित्त दुखेको छ,’ मदनकृष्णले भने, ‘हामीले राम्रो राम्रो मात्र छानेर काम गर्दै आइरहेका छौं । जस्तो कि कुष्ठरोग सम्बन्धी, क्षयरोग खोपसम्बन्धी जनचेतना यी अधर्म कुरा हैनन्। यहाँहरूले हाम्रो टेलिफिल्म हेरेर जाँच्नु भए हुन्छ।’

हरिवंश आचार्यले युएसएआइडी र नेपाल सरकारसँगको सहकार्यमा सचेतना फैलाउने-मदनबहादुर–हरिबहादुर’ ‘आमा’, ‘असल लोग्ने’ जस्ता टेलिफिल्महरूबाट कुनै धर्मविरोधी प्रचार नगरेको प्रस्ट्याए। ‘यो हामीले युट्युबमा किताबजस्तै छर्लंगै हुने गरी राखेका छौं। त्यहाँ कहीँ पनि सनातन हिन्दू धर्म, बुद्ध धर्म र कुनै पनि धर्मको विरोध गरेका छैनौं। अर्को धर्म लिनुपर्छ भनेर उकासेका पनि छैनौं,’ उनले भने।

हरिवंशले ०५२ मा ‘पन्चायत व्यवस्थाको सराद्धे’ कार्यक्रम गर्दा त्यसमा पण्डित पात्रको प्रवृत्तिमाथि व्यंग्य गरेको कुरालाई लिएर पनि भ्रम सिर्जना गरिएको बताए। ‘पण्डित भन्दैमा भगवान हुँदैन। व्यंग्य पण्डितलाई पनि गर्न पाइन्छ । नेतालाई पनि गर्न पाइन्छ । प्रहरी, डाक्टर, वकिल, सबैलाई गर्न पाइन्छ। त्यसको टुक्रा राखेर सनातन धर्मको विरोध गर्‍यो भन्नु कपोकल्पित कुरा हो,’ उनले भने, ’हामी हाम्रो काममा निरन्तर लागिरहन्छौं । पछाडि यस्ता किसिमका कुरा आएर हामी हतोत्साहित हुँदैनौं,’ उनले भने।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इनम सापकोटासँग कुनै चिनजान र सम्पर्क छैन : प्रधानन्यायाधीश शर्मा
२०८३ कार्तिक १२, बिहिबार
अमेरिका पुगेपछि बोल्सोनारोको राष्ट्रपति भएको दाबी
२०८३ कार्तिक १२, बिहिबार
तनावबीच उत्तर कोरियाद्वारा १० क्षेप्यास्त्र प्रहार
२०८३ कार्तिक १२, बिहिबार
मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित
२०८३ कार्तिक १२, बिहिबार
झापामा शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचान तालिम
२०८३ कार्तिक १२, बिहिबार
प्रदेश शिक्षामन्त्री र विश्वविद्यालयहरूको सम्मेलन हेटौंडामा सुरु
२०८३ कार्तिक १२, बिहिबार
एनपिएलः जनकपुरविरुद्ध काठमाण्डु टस जितेर ब्याटिङमा
२०८३ कार्तिक १२, बिहिबार