मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

दक्षिण कोरियाले लगायो चिनियाँ एआई एप डिपसिकलाई प्रतिबन्ध

दक्षिण कोरियामा अहिले उक्त एप गुगल प्लेस्टोर र एप्पल स्टोरहरूबाट हटाइए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः ‍दक्षिण कोरियाले चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी ‘डिपसिक’लाई आफ्नो देशमा प्रतिबन्ध लगाएको छ।

सोमबारदेखि नै दक्षिण कोरियामा डिपसिकको नयाँ डाउनलोडमा प्रतिबन्ध लगाएको हो। उक्त एपले देशको डेटा सुरक्षा कानुनको पालना गर्छ कि गर्दैन भन्ने निश्चित नभएसम्मका लागि दक्षिण कोरियाले डिपसिकलाई प्रतिबन्ध लगाएको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ।

दक्षिण कोरियामा अहिले उक्त एप गुगल प्लेस्टोर र एप्पल स्टोरहरूबाट हटाइएको छ। वेभ ब्राउजरबाट भने चलिरहेको न्युयोर्क टाइम्सले जनाएको छ। एपले दक्षिण कोरियालीहरूको व्यक्तिगत डेटा सुरक्षा सम्बन्धी कानुनको पालना गरेको सुनिश्चित गरेपछि एप पुनः सुरु हुने नियामक अधिकारीहरूले बताएका छन्।डिपसिकको एक महिनाअघिमात्रै आफ्नो च्याटबट सार्वजनिक गरेको थियो।

त्यतिबेला डिपसिकले यस्तै खालका अमेरिकी कम्पनीहरूलाई प्रतिस्पर्धामा उछिनेपछि सेयर बजारमा तहल्का मच्चिएको थियो। डिपसिक सार्वजनिक भएपछि एआईमा काम गरिरहेका अमेरिकी कम्पनीहरूको सेयर मूल्यमा व्यापक कमी आएको थियो।

यद्यपि यसले अनधिकृत डाटा प्रयोग गरेको शंकमा ओपनएआई र माइक्रोसफ्टले छानबिन समेत सुरू गरेको छ।पछि अमेरकाले संघीय सांसदहरूलाई उक्त चिनियाँ च्याटबटको समीक्षा गरिरहेकाले प्रयोग नगर्न निर्देशन दिएको थियो।

अस्ट्रेलिया र ताइवानमा पनि डिपसिक एप प्रतिबन्ध लगाइएको थियो। एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन वर्षपछि भारतमा हुँदै आइपिएलको खेलाडी अक्सन
२०८३ मंग्सिर ३, बिहिबार
विश्वका प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो स्थानमा
२०८३ मंग्सिर ३, बिहिबार
भरतपुर अस्पतालमा बिरामीको चाप बढ्यो
२०८३ मंग्सिर ३, बिहिबार
चिप निर्यातमा वृद्धिसँगै दक्षिण कोरियाको आर्थिक सम्भावना बलियो
२०८३ मंग्सिर ३, बिहिबार
उद्यमशीलतायुक्त सांस्कृतिक गाउँको यात्रामा बेनीकोट
२०८३ मंग्सिर ३, बिहिबार
आणविक हतियार र दुई युद्धको मुद्दासहित ट्रम्पले सी र पुटिनसँग भेटवार्ता गर्दै
२०८३ मंग्सिर ३, बिहिबार
भीमफेदीमा सुमो दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात घाइते
२०८३ मंग्सिर ३, बिहिबार