असार २३, २०८२ सोमबार July 7, 2025

‘नो केबलकार’ पक्षधर र प्रहरीबीच झडप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः ‘नो केबलकार’ पक्षधर र प्रहरीबीच शनिबार साँझ फुङलिङमा झडप हुँदा ८ प्रहरी र आन्दोलनरत पक्षका ४ जना घाइते भएका छन् ।

आन्दोलनरत पक्षले साँझ राँके जुलुस गर्ने क्रममा वीरेन्द्र चोकमा प्रहरीसँग झडप भएको हो । आन्दोलनरत पक्षका अगुवा नवीन पोमूले आफ्नो पक्षका केही घाइते भए पनि यकिन नभएको र केहीलाई प्रहरीले नियन्त्रणमा लिएको बताए । रातिसम्म प्रदर्शन भइरहेको र पक्राउका विषयमा यकिन भई नसकेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । घाइतेको जिल्ला अस्पताल र तमोर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

पदयात्राका लागि यही फागुन ६ देखि पाथीभरा मुक्कुमलुङ क्षेत्रमा केन्द्रित भएका नो केबलकार पक्षधर शनिबार दिउँसो काफ्लेपाटीबाट सदरमुकाम फुङलिङ आएका थिए । त्यही क्रममा राँके जुलुस पनि निकालेका थिए । त्यसपछि प्रहरी र आन्दोलनरत पक्षबीच झडप भएको थियो ।

काफ्लेपाटीबाट राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोसहितको टोली फर्किएको थियो । महतोलाई केबलकार पक्षधरले सदरमुकाम फुङलिङको बुद्धचोक छेउमा कालो झन्डा देखाएका थिए । उनलाई सुरक्षाकर्मीको टोलीले सदरमुकाम ल्याएको थियो । फागुन ७ मा ताप्लेजुङ आएका महतो भोलिपल्ट नो केबलकार पक्षधरद्वारा आयोजित पदयात्रामा सहभागी हुन काफ्लेपाटी पुगेका थिए ।

आन्दोलनरत पक्ष र प्रहरीबीच केबलकार निर्माणस्थलमा गत बिहीबार पनि दिनभरजसो झडप भएको थियो । आन्दोलनरत पक्षसँगको छलफलपछि सुरक्षा अधिकारीले केबलकार निर्माणस्थलमा प्रयोग गरिने एक्स्काभेटर काफ्लेपाटीमा ल्याएको छ । काफ्लेपाटीबाट केबलकार सबस्टेसन ८ सय मिटर दूरीमा छ ।

यसैबीच, प्रमुख जिल्ला अधिकारी शर्माले आइतबार बिहान ५ बजेदेखि लागू हुने गरी फुङलिङ बजार र काफ्लेपाटी–बल्लुडाँडा क्षेत्रमा निषेध आदेश जारी गरेका छन् । अर्को आदेश नभएसम्म ती क्षेत्रमा ५ जनाभन्दा बढी भेला भई सभा, जुलुस, प्रदर्शनजस्ता कार्यक्रम गर्न निषेध गरिएको छ । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार