असार २३, २०८२ सोमबार July 7, 2025

पर्यटन प्रर्वद्धनमा सुरक्षाकर्मी र होटल व्यवसायीको समन्वय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आपसी समन्वयले स्थलमार्ग भएर नेपाल प्रवेश गर्ने पर्यटकलाई सीमा छेउको शहरमा पनि केहीसमय रहने वातावरण सृजना गर्न होटल तथा पर्यटन व्यवसायी र सुरक्षाकर्मीले सहकार्य थालेको छन् ।

अतिथिदेवो भवः को पौराणिक सन्देश परिवर्तित समयमा होटल तथा पर्यटन व्यवसायी र सुरक्षाकर्मीको व्यवहारमा भर पर्ने निष्कर्ष सहित दुवै पक्ष पर्यटकसँग मर्यादित व्यवहार गर्न सहकार्य थालेका हुन् ।

पर्यटक (पाहुना) लाई गर्ने व्यवहार सर्वप्रथम सीमा क्षेत्रमा खेटका सुरक्षाकर्मीदेखि वास बस्ने ठाउँका होटल तथा पर्यटन व्यवसायीहरुसम्मको व्यवहारमा निर्भर गर्दछ । यो कुरालाई सुक्ष्म मनन् गर्दै पर्यटन प्रवद्र्धनमा जिल्ला प्रहरी कार्यालय पर्सा र होटल तथा पर्यटन व्यवसायी संघ पर्साले दुवै पक्षका कमिकमजोरी न्यूनिकरण गर्दै अगाडी बढ्न सहकार्यको हात बढाए । यी दुवै संस्थाले आइतबार वीरगन्जमा मर्यादित होटल व्यवसाय संचालनमा व्यवसायी र प्रहरीको भूमिका खोतल्ने प्रयास गरेका छन् ।

स्थलमार्ग भएर मुलुकको प्रमुख नाकाबाट भित्रिने पर्यटक पहिलो पटक वीरगन्ज नगरीमा नै पुग्छन् । यहाँ आउनु पूर्व सीमा क्षेत्रमा चेकजाँचको नाममा प्रहरीले अनावश्यक झन्झट दिने र होटल तथा पर्यटन व्यवसायीले बास बस्ने क्रममा गर्ने व्यवहार महत्वपूर्ण हुने हुन्छ । यो कुरालाई दुवैपक्षले आ–आफ्ना कमजोरी पहिल्याउन संयुक्त कार्यक्रम गर्दै धरातलीय यथार्थ बुझ्ने प्रयास गरे । सो क्रममा पर्साका प्रहरी उपरिक्षक गौतम मिश्रले होटल सेवामूलक व्यवसाय भएकोले पर्यटक तथा पाहुनाहरुलाई दुःख नदिई कानूनी दायराको पूर्ण परिपालना गर्न होटल व्यवसायीहरुलाई सुझाव दिए ।

सुरक्षाकर्मीले कानून विपरितका गतिविधिमा भने छुट दिन नसक्ने भन्दै होटल र मसाज सेन्टरहरुमा पाहुनाहरुलाई दुःख दिने र सताउने मात्र नभई सेवाका नाममा कानूनले वर्जित गरेका गतिविधि पनि गर्न नपाइने उनले चेतावनी पनि दिए । होटल तथा पर्यटन क्षेत्रमा वेश्यावृत्ति, मानव वेचविखन र समाज तथा देशलाई अहित हुने गतिविधिको योजना बन्ने कार्य पनि हुने र केही अपराधिक घटना पनि हुने भएकोले यस्ता कुरामा होटल तथा पर्यटन व्यवसायीहरु चनाखो भई शंकास्पद व्यक्ति र गतिविधि भए तुरुन्त सुरक्षाकर्मीलाई जानकारी दिइ सहयोग गर्न पनि उनले आग्रह गरे ।

पर्यटक भित्रिने सडकमा हुने चेकजाँच र ट्राफिक अव्यवस्थालाई पनि सुरक्षाकर्मीले नजिकबाट नियाली रहेकोले यसमा पनि दायराभित्रको काम वाहेक कसैले पनि गर्न नहुने काम नगर्न पर्सा प्रहरी प्रमुख समेत रहेका प्रहरी उपरिक्षक मिश्रले सुझाव दिए ।

यता होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्त लगायतका व्यवसायीहरुले पनि सुरक्षाकर्मी र व्यवसायी बीचको आपसी समन्वयको कमीले चेकजाँचको नाममा व्यवसायी र पर्यटकले अनावश्यक दुःख पाउने गरेको तर्क गरे । सबै व्यवसायीलाई एकै दृष्टिकोणले सुरक्षा सम्वयन्त्रले हेर्न नहुने उनीहरुको भनाइ छ ।

पर्यटन प्रवद्र्धनमा सुझाव र समन्वय भए होटल तथा पर्यटन व्यवसायी अझ सहज ढंगले कार्य सम्पादनमा अगाडी बढ्ने उनीहरुले बताए । कार्यक्रममा संचारकर्मीहरु युवराज खड्का, राम सर्राफ लगायतले पनि मुलुकको प्रमुख स्थलमार्गबाट प्रवेश गर्नासाथ हुने व्यवहारले नेपाल प्रतिको दृष्टिाकोण छिमेकी मुलुकबाट आएका पर्यटकले बनाउने र यो क्षेत्रको प्रस्तुति अन्यको भन्दा पनि सकारात्मक हुन पर्नेमा जोड दिए ।

होटल व्यवसायी रचेन्द्र थापा, माधव बस्नेत, दिलिप कार्की लगायतले पनि आफूहरुको व्यवहार थप सुधार गर्न पर्ने केही भए सुरक्षाकर्मीले व्यवसायीलाई दुःख दिने नियतले नभई सहकार्यात्मक तवरले सुझाव र सहयोग गर्न पर्ने बताएका थिए ।

कार्यक्रममा वीरगन्जका समाजसेवी तथा पाँच दशकदेखि होटल व्यवसाय संचालन गर्दै आएका पशुपति विक्रम शाह, उषा शाह, ‘फोरस्टार’ होटल संचालक सुनिल खेतान सहित वीरगन्ज क्षेत्रका ७० भन्दा बढि होटलका संचालक तथा व्यवसायीहरु र सुरक्षाकर्मीहरुको उपस्थिति रहेको कार्यक्रम होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तको अध्यक्षतामा भएको थियो । पर्सामा भर्खरै आएका प्रहरी प्रमुख प्रहरी उपरिक्षक मिश्रले सो कार्यक्रमको प्रमुख आतिथ्यता गरेका थिए । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार