असार २३, २०८२ सोमबार July 7, 2025

रुसि राष्ट्रपति भ्लादिमिर पुटिन र सी जिनपिङबिच फोनवार्ता

पुटिनले राष्ट्रपति जिनपिङलाई साउदी अरेबियामा भएको शान्ति वार्ताको बारेमा गराए जानकारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग फोनमा कुराकानी गरेका छन् ।

दुवै देशले यसको पुष्टि गरिसकेका छन् । युक्रेनमा रुसको आक्रमण भएको तीन वर्ष बित्नै लाग्दा पुटिन र सीबिच कुराकानी भएको हो ।

चीनका अनुसार पुटिनले राष्ट्रपति जिनपिङलाई साउदी अरेबियामा भएको शान्ति वार्ताको बारेमा जानकारी गराएका थिए, जहाँ रुस अमेरिकासँग वार्ताका लागि बसेका थिए ।

हालै, यो युद्ध अन्त्य गर्न साउदी अरेबियामा अमेरिकी विदेशमन्त्री मार्काे रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभबीच शान्ति वार्ता भएको थियो ।

यस वार्तामा अमेरिकाले युक्रेनलाई बोलाएको थिएन । यसबारे युक्रेनले असन्तुष्टि व्यक्त गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया