असार २३, २०८२ सोमबार July 7, 2025

युक्रेनका लागि नयाँ हतियार प्याकेजमा शिखर सम्मेलनमा सम्झौता गर्ने लक्ष्य राख्दै इयु

इयु विदेशमन्त्रीहरूले युक्रेनका लागि सैन्य सहयोगको नयाँ पहललाई व्यापक बनाउदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

युरोपेली सङ्घ (इयु) का नेताहरूले अर्को हप्ता आपत्कालीन शिखर सम्मेलनमा युक्रेनका लागि हतियारको नयाँ प्याकेजमा सम्झौता गर्ने लक्ष्य राखेको ब्लकका शीर्ष कूटनीतिज्ञ काजा कालासले सोमबार बताउनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रेमलिनको तीन वर्षे युद्ध अन्त्य गर्न रुससँग प्रयास सुरु गरेर किएभ र महाद्वीपका समर्थकहरूलाई अचम्म पार्नु भएपछि युरोपले युक्रेनलाई सुदृढ बनाउन प्रयास गरिरहेको छ ।

कालासले युक्रेनलाई सकेसम्म चाँडो हवाई सुरक्षा, तोपखाना र क्षेप्यास्त्रसहित प्रमुख हतियारको प्रमुख प्याकेज उपलब्ध गराउने प्रतिबद्धता व्यक्त जनाउनुपर्ने प्रस्ताव गर्नुभएको छ ।

“ब्रसेल्समा बैठकमा भेला भएका इयु विदेशमन्त्रीहरूले युक्रेनका लागि सैन्य सहयोगको नयाँ पहललाई व्यापक रूपमा समर्थन गर्नुभएको छ”, कालासले भन्नुभयो, “विवरणहरू, विशेष गरी सङ्ख्याहरू, मार्च ६ मा असाधारण युरोपेली शिखर सम्मेलनमा निर्णय र छलफल गरिनेछ ।”

अधिकारीहरूका अनुसार अहिलेसम्म कुनै पनि पक्का रकम प्रस्ताव गरिएको छैन यद्यपि इयुको कूटनीतिक अङ्गले आक्रमण भएदेखि ब्लकले प्रत्येक वर्ष दिइएको २० अर्ब युरो (२१ अर्ब डलर) लाई ‘बेन्चमार्क’ का रूपमा उल्लेख गरेको छ ।

कूटनीतिज्ञहरूले धेरै देशले अन्तिम आँकडा उल्लेखनीय रूपमा बढी हुन दबाब दिइरहेको बताएका छन् ।

ट्रम्पको मस्कोप्रतिको दिमाग घुमाउने पहलपछि किएभलाई समर्थन गर्न र आफ्नै सुरक्षा बलियो पार्नका लागि इयु नेताहरू आगामी हप्ता ब्रसेल्समा आपत्कालीन वार्ताका लागि भेट्ने तय भएको छ ।

“हामीले युक्रेनलाई शक्तिको स्थितिमा राख्नुपर्छ ताकि युक्रेनले एउटा नराम्रो सम्झौतालाई नाइँ भन्न सकोस्”, कालासले भन्नुभयो ।

नयाँ हतियार प्याकेजलाई ट्रम्प र रुस दुवैसँग मैत्रीपूर्ण सम्बन्ध भएको हङ्गेरीले रोक्ने जोखिम छ । यसले ‘युद्ध लम्ब्याउने’ भन्दै बुडापेस्टले पहिल्यै यस पहलको विरोध जनाइसकेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया