असार २३, २०८२ सोमबार July 7, 2025

न्यूनतम ज्याला पुनरवलोकन गर्न माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रमुख राजनीतिक दलसम्बन्धी श्रमिक सङ्गठनका अगुवाले न्यूनतम ज्यालाको समसामयिक पुनरवलोकन माग गरेका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेसको ७९ औँ स्थापना दिवस तथा राष्ट्रिय परिषद् बैठक उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै श्रमिक अगुवाले बैङ्क, वित्तीय क्षेत्रमा श्रम ऐन लागु हुनुपर्ने माग गरेका हुन् ।

वक्ताहरूले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको महासन्धि कार्यान्वयन, श्रमिक पञ्जीकरण, वैदेशिक रोजगारमा रहेका श्रमिकको रोजगारी मर्यादित तुल्याउन र श्रमिक अधिकार सुनिश्चित गर्न माग गरे ।

वैदेशिक रोजगारीका गन्तव्य मुलुकमा सामाजिक सुरक्षा, युवा र महिलाको ट्रेड युनियन आन्दोलनमा सहभागिता वृद्धि, स्वदेशमै रोजगारी सिर्जनाका लागि आवश्यक पूर्वाधार विकासलगायतका विषयमा राष्ट्रिय मुद्दा बनाउनुपर्ने माग गरे ।

कार्यक्रममा दक्षिण एसियाली क्षेत्रीय ट्रेड युनियन परिषद् महासचिव एवं नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष लक्ष्मण बस्नेत, ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष खिलानाथ दाहाल र पुष्कर आचार्य, संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष जगत सिंखडा, अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का नेपाल निर्देशन नुमन ओज्कन, नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, जिफन्टका अध्यक्ष विनोद श्रेष्ठलगायतले सम्बोधन गर्नुभएको थियो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार