काठमाण्डौः विश्व महामारीको रुपमा फैलिएको (कोभिड-१९) कोरोना भाइरसका कारण पाटन अस्पतालमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएको छ।
पाटन अस्पतालमा उपचार गराइरहेकी ४१ वर्षीया महिला र ४५ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको हो । अस्पतालका निर्देशन डा. विष्णु शर्माका अनुसार उनीहरु दुवै साउन १९ गते अस्पताल भर्ना भएका थिए ।
मृतक पुरुष टेकु अस्पतालमै कोरोना पुष्टि भएर अस्पताल भर्ना भएका हुन् । महिलाको साउन २० गते स्वाब लिइएको थियो।
मृतक महिला रुपन्देहीकी हुन् भने पुरुष सर्लाहीका हुन्। महिलामा पाठेघर क्यान्सर भएको र सर्लाहीका पुरुषलाई ६ महिना पहिला कुकुरले टोकेको जानकारी दिईएको छ ।
पाटन अस्पतालमै उपचाररत अर्का एक ४५ वर्षीया पुरुषको बिहीबार साँझ निधन भएको थियो। यो सँगै पाटन अस्पतालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । जसमध्ये ३ जना स्थानीय हुन् भने ६ जना उपत्यका बाहिर जिल्लाका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया