असार २०, २०८२ शुक्रबार July 4, 2025

एरिका गुरुङलाई ‘हिमालयन वारियर’ उपनामले सम्मानित गरिने

राष्ट्रिय कराते एकेडेमीको कार्यविधि र प्रतियोगिता व्यवस्थापन कार्यविधि पारित गर्ने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इन्दीप कोइराला, बारा, ११ चैत । नेपाल कराते महासंघले कराते खेलाडी एरिका गुरुङ लाई ‘हिमालयन वारियर’ उपनामले सम्मानित गर्ने घोषण गरेको छ ।

मधेस प्रदेशस्थित निजगढमा सम्पन्न भएको दोस्रो साधारण सभाले कराते खेलाडी एरिका गुरुङलाई ‘हिमालयन वारियर’ उपनामबाट सम्मानित गर्ने घोषण गरिएको हो ।

महासंघको साधारण सभाले विश्व कराते महासंघको निर्देशन अनुसार महासंघको विधानमा आवश्यक संशोधन गर्ने, प्रशासनिक तथा व्यवस्थापन सम्बन्धी नियमावली, कार्यविधि तथा निर्देशिका २०८१ अनुमोदन गर्ने निर्णय गरेको महासंघका कोषाध्यक्ष किशोरप्रसाद भट्टराईले बताए ।

कोषाध्यक्ष भट्टराईका अनुसार उक्त सभाबाट राष्ट्रिय टिम तयारीका लागि प्रमुख प्रशिक्षक र टिम म्यानेजर सम्बन्धी कार्यविधि, राष्ट्रिय कराते एकेडेमीको कार्यविधि र प्रतियोगिता व्यवस्थापन कार्यविधि पारित गर्ने निर्णय समेत गरिएको छ ।

यस्तै महासंघमा रिक्त पदहरूमा अध्यक्षलाई मनोनयन गर्ने अधिकार प्रदान गरेको छ भने राष्ट्रिय टिम प्रशिक्षक कुशल श्रेष्ठ, मन्डे काजी श्रेष्ठ र राष्ट्रिय टिम छनौट समिति संयोजक दावा गुरुङ्ग र सदस्यहरूलाई २ वर्षको पदक उपलब्धिका लागि धन्यवाद समेत सभाले व्यक्त गरेको हो ।

सभाले महासचिव र कोषाध्यक्षको प्रस्तुत गरेको प्रतिवेदन समेत सर्वसम्मतिबाट पारित गरिएको छ । महासंघका अध्यक्ष युवराज लामाले भावी योजना, तर्जुमा कार्यक्रम र रणनैतिक योजनाहरु सहित कराते खेलले हाशिल गरेको उपलब्धिहरु सबैको योगदानले प्राप्त भएको बताए ।

कार्यक्रममा ७ प्रदेशका ३५ प्रतिनिधि, विभिन्न कराते संघका १४ कार्यसमिति सदस्य, १७ पर्यवेक्षक, तथा २१ विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार