मंग्सिर ६, २०८३ आइतबार November 22, 2026

काठमाण्डौं उपत्यकामा एकैदिन ४४ जनामा कोरोना संक्रमण पु्ष्टी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः काठमाण्डौं राजधानी लगायत उपत्यकाका तीन जिल्लामा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस व्रिफिङ्गका क्रममा दिएको जानकारी अनुसार काठमाडौंका ३६ जना, भक्तपुरका ४ जना र ललितपुरका ४ जनामा कोरोना संक्रमण देखिएको हो।

त्यस्तै हिजो आईतबार पनि काठमाडौँ उपत्यकामा ९२ जनामा कोरोना संक्रमण देखिएको थियो।

पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ। लकडाउन खोलिएको र सर्बसाधारणको भिडभाड बढेको कारण र बाहिर जिल्लाबाट आउने मानिसबाट काठमाडौँ उपत्यकामा जोखिम बढिरहेको छ।

देशभर पछिल्लो चौबिस घण्टामा थप ३३८ जना कोरोना संक्रमित थपिएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया