असार २८, २०८२ शनिबार July 12, 2025

टिचिङ्ग अस्पतालमा ६ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि आकस्मिक कक्ष सिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत २ जना चिकित्सक र ४ जना नर्समा कोरोना संक्रमण देखिएको छ ।

शिक्षण अस्पतालको आकस्मिक कक्षमा कार्यरत दुई जना चिकित्सक र मेडिसिन वार्डमा कार्यरत चार जना नर्समा कोरोना संक्रमण देखिएको उक्त अस्पतालका निर्देशक प्रा.डा. रोहितकुमार पोखरेलले जानकारी दिए ।

संक्रमण देखिए पश्चात तत्कालनै आकस्मिक कक्ष सिल गरिएको उनले बताए । अस्पतालमा कार्यरत अरु चिकित्सक तथा नर्सलगायतका स्टाफको पीसीआर परीक्षणको नतिजा आएपछि अन्य सेवा सुचारु गरिने  प्रा.डा. पोखरेलले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया