कार्तिक ११, २०८३ बुधबार October 28, 2026

ब्रेकअपकाे बदलामा सलमानले ऐश्वर्यालाई निकालेका थिए ५ फिल्मवाट

‘वीर जारा’, ‘चलते चलते’, ‘पहेली’, ‘मुन्नाभाई एमबीबीएस’ र ‘मै हुन ना’ उनको हातवाट उम्के

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मुम्बई, २९ चैत । ऐश्वर्या राय र सलमान खानको प्रेमकथा हिन्दी सिनेमा उधोगको सबैभन्दा चर्चित प्रेम कथा हो ।

दुवै आफ्नो सम्बन्धका कारण धेरै चर्चामा आएका थिए । सन् १९९९ मा फिल्म  ‘हम दिल दे चुके सनम’ मा सँगै काम गर्दा सलमान र ऐश्वर्या एकअर्काको प्रेममा परेका थिए । तर, यो सम्बन्ध लामो समय टिक्न सकेन । सलमान खान र ऐश्वर्या रायको ब्रेकअपले फ्यानहरु पनि स्तब्ध भएका थिए । त्यसपछि दुवैले एकअर्कालाई आरोप पनि लगाउन सुरू गरेका थिए ।

तर, यसबाट सबैभन्दा ठूलो घाटा ऐश्वर्याले बेहोर्नु परेको थियो । भनिन्छ, सलमानसँगको ब्रेकअपपछि अभिनेत्रीले एक–दुई होइन, पाँच पाँचवटा फिल्म एकपछि अर्को गरि गुमाउनु परेको थियो ।

सुरूमा फिल्मको हिस्सा भए पनि पछि उनलाई ढोका बन्द गरियो । त्यतिबेला अभिनेत्री गहिरो चोटमा परेकी थिइन् । उनले एक अन्तर्वार्तामा यस विषयमा कुरा पनि गरेकी थिइन् ।

समाचार अनुसार सलमानसँगको ब्रेकअपपछि ऐश्वर्याले एकपछि अर्को पाँच फिल्म गुमाउनु परेको थियो, त्यो पनि सबै सुपरडुपर हिट । एकपटक उनी अभिनेत्री सिमी ग्रेवालको टक शोमा पुगेकी थिइन् ।

त्यसपछि सिमीले उनलाई प्रश्न सोधेकी थिइन्, ‘तपाईंले एकैपटक ५ वटा फिल्ममा काम गर्ने तयारीमा हुनु हुन्थ्यो, होइन र ? वीरजारा तपाईका लागि लेखिएको थियो ।’

यसबारे ऐश्वर्याले भनिन्, ‘हो, त्यसबेला यो फिल्ममा काम गर्ने कुराहरु चलिरहेका थिए । त्यतिबेला हामी (शाहरुख खान र ऐश्वर्या राय) केही फिल्ममा सँगै काम गरिरहेका थियौं तर मलाई केही बुझाइएन, एक्कासी ती फिल्ममा म अटन सकिन।’

त्यस पछि सिमीले सोधेकी थिइन्, ‘कस्तो लाग्यो ? नराम्रो लाग्यो ?’

अभिनेत्रीले जवाफमा भनिन्, ‘बिल्कुलै।’ जसबाट ऐश्वर्या आउट भएकी थिइन्, त्यहाँ प्रिति जिन्टा मुख्य भुमिकामा देखा परेकी थिइन् ।

जस अनुसार ‘वीर जारा’, ‘चलते चलते’, ‘पहेली’, ‘मुन्नाभाई एमबीबीएस’ र ‘मै हुन ना’ उनको हातवाट उम्केको थियो । जसमध्ये ‘मुन्नाभाई एमबीबीएस’ बाहेक उनी चारै फिल्ममा शाहरुख खानको अपोजिटमा देखिने भएकी थिइन् ।

कावेरी बमजाईको पुस्तक थ्री खानका अनुसार सलमानले ‘चलते चलते’ को सेटमा गएर हंगामा समेत मच्चाएका थिए र सुटिङ नै अगाडी बढन दिएनन । पछि यो फिल्म बाहेक ऐश्वर्यालाई ‘वीर जरा’ र ‘मै हूं ना’ बाट पनि हटाइयो। जहाँ ‘मुन्नाभाई एमबीबीएस’ र ‘पहेली’ पनि उनको हातबाट बाहिर गए, जसका कारण थिए, सलमान खान ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्सेमा दोहोरो अंकको वृद्धि, ३४८ कम्पनीका झन्डै २ करोड कित्ता सेयर किनबेच
२०८३ कार्तिक ११, बुधबार
Minister Shrestha stresses on data exchange, regional cooperation
२०८३ कार्तिक ११, बुधबार
नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठक काठमाडौंमा सुरु
२०८३ कार्तिक ११, बुधबार
प्रधान सेनापतिद्धारा बढुवा भएका अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
२०८३ कार्तिक ११, बुधबार
एसईईका लागि परीक्षा आवेदन फारम खुला (सूचना सहित)
२०८३ कार्तिक ११, बुधबार
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
२०८३ कार्तिक ११, बुधबार
हिमाली विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य बढाउन मन्त्री श्रेष्ठको आह्वान
२०८३ कार्तिक ११, बुधबार