श्रावण २, २०८२ शुक्रबार July 18, 2025

केशरीः च्याप्टर २ रिलिज अगावै ५ विभिन्न सहरमा देखाइने

फिल्ममा जलियावाला बाग हत्याकाण्डको कथा केही नयाँ पात्रका साथ देखाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुम्बई, ३१ चैत । केसरीको धेरै वर्षपछि अब निर्माताले यस्तै एउटा ऐतिहासिक चलचित्र ‘केशरी २’ ९केसरी च्याप्टर २० दर्शकका लागि ल्याइरहेका छन् ।

फिल्ममा जलियावाला बाग हत्याकाण्डको कथा केही नयाँ पात्रका साथ देखाइनेछ । हालै फिल्मको ट्रेलर सार्वजनिक भएको छ, जसलाई हेर्दा अभिनेता यसपटक दमदार भूमिकामा देखिने देखिन्छ ।

तर तपाईलाई थाहा छ केशरी २ रिलिज हुनुअघि हेर्न सकिने भएको छ । जबकी चललचित्र छिट्टै हलमा आउँदैछ ।  दि तपाईं अक्षय कुमार, आर माधवन र अनन्या पाण्डेको सच्चा फ्यान हुनुहुन्छ र रिलिज हुनुअघि नै फिल्म हेरेर आनन्द लिन चाहनुहुन्छ भने निर्माताहरूले तपाईंको लागि यस्तो सुविधा ल्याएका छन्।

फिल्म टिमले देशका पाँच ठूला सहर दिल्ली, मुम्बई, बैंगलोर, कोलकाता र चण्डीगढमा विशेष प्रि(रिलिज स्क्रिनिङ आयोजना गर्ने भएको छ । यसको मतलब केहि भाग्यशाली दर्शकहरूले फिल्म रिलिज हुनु अघि नै हेर्ने मौका पाउनेछन्। यसको लागि दर्ता सोमबार अप्रिल १४ बाट सुरु हुनेछ।

अक्षय कुमारले यो फिल्मलाई निकै पर्सनल र स्पेशल भनेका छन् । ट्रेलर लञ्चको क्रममा उनले भने, ‘मेरो बुवाको जन्म जलियावाला बागको अगाडि भएको थियो र मेरो हजुरबुवाले त्यो डरलाग्दो दृश्य आफ्नै आँखाले देखेका थिए। त्यसैले मेरो लागि यो फिल्म एउटा प्रोजेक्ट मात्र होइन, यो एउटा भावना हो।’

यस फिल्मको कथा सन् १९१९ को जलियावाला बाग नरसंहारमा आधारित छ। ट्रेलरमा केही यस्ता दृश्यहरू देखाइएको छ, जुन निकै डरलाग्दो छ । यस फिल्ममार्फत जलियाँवाला बागको सत्यता उजागर गर्ने प्रयास गरिने छ । रिपोर्टका अनुसार अक्षय कुमारले फिल्ममा वकिल सी शंकरन नायरको भूमिका निर्वाह गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार