श्रावण २, २०८२ शुक्रबार July 18, 2025

पहिलाे पटक आमिर खान नयाँ प्रेमिकासहित सार्वजनिक कार्यक्रममा

खासमा बैंगलोरकी गौरी स्प्रेटले आमिर खानको प्रोडक्सनमा काम गर्छिन् र सैलुन व्यवसाय पनि चलाउँछिन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १ बैशाख । आमिर खान भर्खरै नयाँ प्रेमिका गौरी स्प्रेटसँग पहिलो पटक सार्वजनिक रूपमा देखा परेका छन्।

दुवै मकाउ इन्टरनेशनल कमेडी फिल्म फेस्टिभलमा सँगै पुगेका थिए । यस क्रममा आमिर आफ्नी प्रेमिकाको हात समातेको देखिएको थियो ।

आमिर खान कालो अजकान र कालो सुनौलोको सल लगाएर फिल्म फेस्टिभलको हिस्सा बनेका छन् । कार्यक्रममा उनकी प्रेमिका गौरी स्प्रेट फ्लोरल साडीमा पुगेकी थिइन् । सार्वजनिक भएको भिडियोमा आमिर खानले रेड कार्पेटमा जम्मा भएका मानिसहरूसँग पोज दिनुअघि आफ्नी प्रेमिकातर्फ हात फैलाएको देख्न सकिन्छ ।

Aamir Khan Walks Hand-In-Hand With Girlfriend Gauri Spratt, Holds Her Close  At China Event (VIDEO)गौरीले आमिरको हात समातिन् र दुवैले पापाराजीको लागि उत्कृष्ट पोज दिए । पापाराजीको लागि पोज दिंदा आमिर खानले पुरै समय गौरीको हात समातेका थिए। उता गौरीले आमिरलाई निरन्तर हेरिरहेकी थिइन् ।

मकाउ इन्टरनेशनल कमेडी फिल्म फेस्टिभल हालै चीनको मकाउमा आयोजना गरिएको थियो, जहाँ आमिर खानलाई ‘मास्टर ह्युमर अवार्ड’ बाट सम्मानित गरिएको थियो ।

गत मार्च १४ मा आमिर खानले मिडियासँग आफ्नो ६० औं जन्मदिन मनाएका थिए । यसै क्रममा उनले गौरीलाई मिडियासँग परिचय गराए र उनीसँगको सम्बन्धलाई आधिकारिकको रूपमा घोषणा गरे । तर, त्यस समयमा आमिरले मिडियालाई गौरीको तस्विर क्लिक नगर्न आग्रह गरेका थिए । र, आमिरले १२ मार्चमा आफ्नो घरमा प्रि बर्थडे पार्टी आयोजना गरेका थिए, जहाँ उनले गौरीलाई सलमान खान र शाहरुख खानसँग पनि परिचय गराएको बताएका थिए ।

खासमा बैंगलोरकी गौरी स्प्रेटले आमिर खानको प्रोडक्सनमा काम गर्छिन् र सैलुन व्यवसाय पनि चलाउँछिन्। उनी र आमिर विगत २५ वर्षदेखि एकअर्कालाई चिन्दै आएका थिए तर डेढ वर्षअघि अभिनेताका काकाले उनीहरुलाई गहिरो परिचय गराएपछि उनीहरुको निकटता बढेको थियो । गौरी स्प्रेटको पहिलो विवाहबाट ६ वर्षको छोरा पनि छ, हाल उनी सिंगल जीवन बिताइरहेकी थिइन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार