असार २०, २०८२ शुक्रबार July 4, 2025

‘पर्यटनमा महिलाको सशक्त सहभागिता आवश्यक’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल पर्यटन क्षेत्रको विकासका लागि महिलालाई डिजिटल साक्षरतासहित बलियो सहभागिता विस्तार आवश्यक रहेको औँल्याइएको छ ।

नेपाल बोर्डले शनिबार ललितपुरमा आयोजना गरेको डिजिटल युगमा नेपाली पर्यटनमा महिला विषयक अन्तर्क्रियामा प्रविधिको तीव्र विकाससँगै नेपालको पर्यटनमा महिलाको सशक्त सहभागिता आवश्यक रहेको औँल्याइएको हो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रमा महिला उद्यमशीलता सरकारको प्राथमिकताको विषय रहेको भन्दै नीति तथा कार्यक्रममार्फत यसलाई स्थापित गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले ग्रामीण क्षेत्रका महिलामाझ डिजिटल साक्षरता विस्तार गरेर पर्यटन विकासलाई दिगो बनाउन सकिने औँल्याउनुभयो । उहाँले सरकार निजी क्षेत्रलाई साथमा लिएर पर्यटन प्रवर्धन गर्न अग्रसर भइरहेको पनि बताउनुभयो ।

कार्यक्रममा योजना आयोगकी सदस्य गीताकुमारी पौडेल अधिकारीले पर्यटन र प्रविधिको संयोजनबारे पर्यटन क्षेत्रमा लागेका महिलालाई सशक्तीकरण गर्नुपर्ने बताउनुभयो । १६ औँ पञ्चवर्षीय योजनामा पर्यटन र प्रविधिको संयोजनलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ ।उहाँले नीति निर्माण गर्दा महिलालाई प्राथमिकतामा राखेर उनीहरूको वित्तीय पहुँच पनि स्थापित गर्दै जान आवश्यक रहेको औँल्याउनुभयो । कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रमा महिलाको सङ्ख्यात्मक वृद्धि भए पनि यसलाई गुणस्तर र परिणाममुखी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । “नेपालको पर्यटन क्षेत्रमा करिब ५० प्रतिशतभन्दा बढी महिला सहभागिता छ । यसलाई गुणस्तरीय बनाउन उहाँहरूलाई विभिन्‍न तालिम तथा प्रशिक्षण दिने र पर्यटनका विविध आयाममा सहभागिता गराउनुपर्ने आवश्यकता छ ।”

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले पर्यटन क्षेत्रमा महिला सभागिता सङ्ख्यात्मक हेर्दा धेरै देखिए पनि न्यून ज्याला पाउने काममा मात्र सीमित पाइएको जानकारी दिनुभयो । “पर्यटन क्षेत्रमा महिलाको उपस्थिति ५४ प्रतिशत देखिए पनि उहाँहरू न्यून पारिश्रमिक तहमै सीमित हुनुहुन्छ,” उहाँले भन्नुभयो, “डिजिटल सिप, वित्तीय साक्षरता र ब्रान्डिङका माध्यमबाट महिलालाई नेतृत्वतर्फ लैजानु जरुरी छ ।”

बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले पर्यटन क्षेत्रमा सहभागी भएका महिलाको आत्मनिर्भरतामा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

महिला पर्यटन व्यवसायी सञ्जालकी अध्यक्ष निर्मला धमलाले महिला पर्यटनकर्मीलाई डिजिटल प्रविधिमा दक्ष बनाउन महिला पर्यटन उद्यमीलाई अनिवार्य डिजिटल तालिम दिनुपर्ने व्यवस्था सरकारले गर्नुपर्ने सुझाव दिनुभयो ।

त्यसै गरी बन्‍जी नेपालकी संस्थापक मीना बरालले वित्तीय निर्णयमा पुरुष हाबी हुने गरेको आरोप लगाउनुभयो । “अब महिलालाई आर्थिक आत्मनिर्भरता र प्रविधिमा पहुँच चाहिएको छ,” उहाँले भन्नुभयो ।

मेडिकल पर्यटनमा सक्रिय डा. प्रीति विष्टले यो क्षेत्रबाट मात्रै वार्षिक दुई करोड अमेरिकी डलरको आम्दानी गर्न सकिने अवस्था रहेको जानकारी दिनुभयो । “हामीसँग यसका लागि पूर्वाधार र दक्ष जनशक्ति उपलब्ध छ, अब समन्वय र नीति आवश्यक छ ।” गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने नाउपाको घोषणा
२०८२ असार २०, शुक्रबार
रुसद्वारा तालिबान शासनलाई औपचारिक मान्यता, २०२१ पछि पहिलो अन्तर्राष्ट्रिय समर्थन
२०८२ असार २०, शुक्रबार
सरकारी कर्मचारीमा समर्पणको कमी, सुशासनमा सुधार आवश्यक : मन्त्री पाण्डे
२०८२ असार २०, शुक्रबार
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार