असार २४, २०८२ मंगलबार July 8, 2025

महोत्तरीमा कम्युनिस्ट घटक पाँच दलले एकै ठाउँवाट लेनिन शताब्दी दिन मनाउने

बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रिय प्रबक्ता मदन अर्यालका अनुसार रोशन जनकपुरीले कार्यपत्र पेश गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

महोत्तरी ८ बैशाख । विश्व प्रसिद्ध कम्युनिस्ट नेता तथा चिन्तक भ्लादिमिर लेनिनको स्मृतिमा शताब्दी वर्ष मनाउन महोत्तरीका कम्युनिस्ट घटक पाँच दल गृहकार्यमा जुटेका छन ।

९ बैशाखमा शताब्दी पुग्ने दिनलाई मध्यनजर गर्दै `लेनिनवादको आलोकमा नेपाली समाजवादी क्रान्ती´ विषयमा भब्य अन्तर्कृया कार्यक्रमको आयोजना गरिएको हो ।

बर्दिवासस्थित विनायक व्याङक्विटमा आयोजित उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एस, विप्लव नेतृत्वको नेकपा, बैज्ञानिक समाजवादी पार्टी लगायतका प्रतिनिधिहरु  सहभागी वन्ने आयोजक पक्षले जनाएको छ ।

पुर्व राष्ट्रियसभाकी उपाध्यक्ष शशिकला दाहालको संयोजकत्वमा हुने उक्त अन्तर्कृयामा पार्टीका निर्धारित प्रतिनिधिहरुले वोलेपछी खुल्ला छलफल गरिने लेनिन शतबार्षिकी समारोह समितिले जानकारी दिएको छ  ।

समितिका सदस्य तथा बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रिय प्रबक्ता मदन अर्यालका अनुसार रोशन जनकपुरीले कार्यपत्र पेश गर्नेछन् ।

दलको प्रतिनिधित्व हुनेगरि प्रदेश र केन्द्रिय तहका नेताहरुले वोल्ने र औपचारिकता भन्दा पनि सिधै अन्तर्कृयामा प्रवेश गर्ने अर्यालले जानकारी दिए ।

लेनिनको एक शताब्दी बर्षलाई मध्यनजर गर्दै बर्ष दिन अगाडिदेखि कम्युनिस्ट पार्टीहरुले विभिन्न कार्यक्रमको घोषणा गरेका थिए । बर्षदिन देखि भैइरहेका कार्यक्रमहरुको यो दिनमा औपचारिक समापन समेत हुने नेताहरुले वताएका छन ।

भ्लादिमिर लेनिनको जन्म २२ अप्रिल १८७० मा भोल्गा नदीको किनारमा रसियाको  सिम्बिर्स्क (उल्यानोभस्क) भन्ने शहरमा भएको थियो ।  इतिहासका अभूतपूर्व क्रान्तिकारी नेता लेनिनको मृत्यु २१ जनवरी १९२४ मा भयो ।बिशाल बस्नेत/ न्युज कारखाना 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार