असार २३, २०८२ सोमबार July 7, 2025

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका एक फरार प्रतिवादीलाई बिहीबार पक्राउ गरी अदालतमा पेश गरेको छ ।

फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला प्रहरी कार्यालयबाट खटिई गएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा गोरखा पालुङटार–६ घर भई हाल पोखरा महानगरपालिका–९ बस्ने कृष्णबहादुर नेपालीको छोरा २५ वर्षीय सुरेश नेपालीलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

गोरखा जिल्ला अदालतको विसं २०७२ मङ्सिर १० गतेको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा पाँच वर्ष कैद हुने ठहरेकोमा सो फैसलाउपर उच्च अदालत पोखरामा पुनरावेदन गरी उच्च अदालत पोखराको विसं २०७३ पुस ३ गतेको फैसलाले समेत सोही सजाय सदर गरेको थियो ।

प्रतिवादीले एक महिना ११ दिन प्रहरी तथा न्यायिक हिरासतमा रही बाँकी चार वर्ष १० महिना १९ दिन कैद बाँकी रहेकोमा पोखरा–९ बाट पक्राउ गरी कास्की जिल्ला अदालतमा पेश गरिएकोमा बाँकी कैद भुक्तानको लागि अदालतले कारागार कार्यालयमा पठाएको प्रनाउ हमालले जानकारी दिनुभयो ।

नगद रु एक लाखसहित १७ जुवाडे पक्राउ

प्रहरीले पोखरा महानगरपालिका–१० मिलनटोलबाट जुवा खेल्दै गरेको अवस्थामा १७ जनालाई नियन्त्रणमा लिएको छ । मिलनटोल बस्ने ५० वर्षीया ज्ञानु हमालको डेराकोठामा अवैधरुपमा जुवातास खेल्ने खेलाउने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तथा मातहत वडा प्रहरी कार्यालय रामबजार खटिएको प्रहरी टोलीले उनीहरुलाई जुवा खेलीरहेको अवस्थामा फेलापारि खानतलासी गर्दा रु एक लाख दुई हजार ४९० र २२४ पत्ती तास फेला प्रहरी नायब उपरीक्षक हमालले जानकारी दिनुभयो ।

पक्राउ परेकालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुर (जुवा) अन्तर्गत जिल्ला प्रशासन कार्यालयबाट बिहीबार सात दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार