असार २४, २०८२ मंगलबार July 8, 2025

कर्मचारी ट्रेड युनियनलाई आन्दोलन स्थगित गर्न गगन थापाकाे आग्रह

बसेर छलफल गरेर टुंग्याउँदै गर्दा यसलाई सकारात्मक रुपमा लिएर त्यसलाई टुंग्याउने वातावरण बनाउन सबैले मद्दत गर्नुपर्छ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निजामती कर्मचारी ट्रेड युनियनलाई आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरेका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै विधेयक अघि बढेको भन्दै आन्दोलन रोक्न आग्रह गरेका हुन् ।

उनले भने, ‘निजामती विधेयक अगाडि बढेको छ । एकपटक प्रतिवेदन अध्ययन गरेर पास गरौं भन्ने कुरा आएको छ । सरकार भनेको सबैले मिलेर चलाउने हो । काम सुस्त भइरहेको बेलामा दबाब दिने भन्ने कुरा स्वभाविक हो । बसेर छलफल गरेर टुंग्याउँदै गर्दा यसलाई सकारात्मक रुपमा लिएर त्यसलाई टुंग्याउने वातावरण बनाउन सबैले मद्दत गर्नुपर्छ ।’

उनले राजनीतिक दलहरुको पनि बेग्लाबेग्लै धारणा हुनसक्ने भएकाले विधेयक टुंग्याइरहेका बेला आन्दोलन अगाडि नबढाउन आग्रह गरे ।

उनले विधेयक पास गर्न राम्रो वातावरण बन्दै गएकोले वातावरण बिग्रन नदिन सबैमा अनुरोध पनि गरेका छन् । समितिका सभापति रामहरि खतिवडाले विधेयक पास गर्ने गरी अघि बढेको समितिमा जानकारी गराएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार