असार २४, २०८२ मंगलबार July 8, 2025

संविधान संशोधन प्रक्रियामा ढिलाइ भएको कांग्रेस कावा सभापति खड्काको स्वीकारोक्ति

संविधान संशोधन कांग्रेस र एमाले दुवैको साझा एजेन्डा भएको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले एमालेसँग भएको सहमतिअनुसार संविधान संशोधन प्रक्रिया अघि बढाउन ढिलाइ भएको स्वीकार गरेका छन्।

पार्टीनिकट यातायात व्यवसायीको महाधिवेशनलाई सम्बोधन गर्दै खड्काले संविधान संशोधन कांग्रेस र एमाले दुवैको साझा एजेन्डा भएको स्पष्ट पारे।

उनले भने, “संविधान संशोधनको काम अघि बढाउन ढिला भएको छ। संयन्त्रमा म स्वयं छु। पार्टीको तर्फबाट ढिलासुस्ती भएको हो, त्यो स्वीकार्दा अप्ठ्यारो मान्नुपर्ने केही छैन।”

खड्काले सहमतिको आधारमा कार्यदल गठन गरी संशोधन प्रक्रियालाई औपचारिकता दिने तयारी भइरहेको जनाए। उक्त कार्यदलले आन्तरिक छलफलमार्फत साझा आधार तयार गर्ने र त्यसपछि माओवादी केन्द्रलगायत अन्य दलहरूसँग संवादमार्फत सहमति निर्माण गरिने जानकारी दिए।

उनले संसद्मा सहमति भएपछि आवश्यक संरचना तयार गरी संविधान संशोधन प्रक्रिया अघि बढाउने उल्लेख गरे। खड्काले स्पष्ट रूपमा भने, “समावेशिता, समानुपातिक प्रतिनिधित्वजस्ता जनताले प्राप्त गरेका अधिकारहरूमा कुनै पनि कटौती हुनेछैन।”

त्यस्तै, खड्काले सरकारको कार्यशैलीमा देखिएको कमीकमजोरी सच्याउनुपर्ने आवश्यकता औंल्याउँदै ‘कांग्रेस र एमालेबीच भएको सहमति’ बाट दायाँबायाँ नहुने प्रतिबद्धता पनि दोहोर्‍याए।

उनले भने, “सभापतिले पनि भन्दै आउनुभएको छ—सरकारको कार्यशैली सुधार गर्नुपर्छ। हामीले प्रधानमन्त्रीलाई भनेका छौँ—नागरिकको भावना बुझेर बाहिर देखिएको असन्तुष्टि सम्बोधन गर्दै अघि बढ्नुपर्छ।”

कार्यवाहक सभापति खड्काले प्रधानमन्त्री स्वयंले पनि जनस्तरमा रहेको असन्तुष्टि कम गर्दै जाने दिशामा काम गर्नुपर्ने धारणा राखेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार