असार २४, २०८२ मंगलबार July 8, 2025

जनमत र नाउपाले वैशाख १७ गते पार्टी एकता घोषणा गर्ने

एकतापछि नयाँ पार्टीको नाम नागरिक जनमत हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच आगामी वैशाख १७ गते एकता घोषणा हुने भएको छ।

जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयले आगामी १७ वैशाखमा एकता घोषणा गर्नेगरी तयारी अघि बढाइएको जानकारी गराएको छ । एकता हुने दाबी गर्दै सचिवालयले भनेको छ, ‘नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुँदैछ ।’

यी दुई दलका शीर्ष नेताहरू पछिल्लो केही समयदेखि एकताको तयारीसहित वार्तामा जुटेका थिए । यसअघि वैशाख १५ गतेभित्र एकता गर्नेगरी तयारी गरेको थियो । तर, विभिन्न अडचन आएको राउतले बताएका छन् । दुवैपार्टी बीच एकतका लागि कार्यदल गठन गरिएको थियो । कार्यदलले दुई पार्टीबीच एकतापछि हुने पार्टीको नाम, नेतृत्व, चुनाव चिह्न लगायतका विषय टुंग्याएको छ ।

कार्यदलका अनुसार एकतापछि नयाँ पार्टीको नाम नागरिक जनमत हुनेछ भने ढकिया चुनाव चिह्न रहनेछ । पार्टीको संरक्षक रेशम चौधरी रहँदा कार्यकारी अध्यक्ष सिके राउत रहनेछन्। नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठ सहअध्यक्ष रहने छिन् ।

प्रतिनिधि सभामा जनमत पार्टीका ६ सांसद छन् । यस्तै, नाउपाका ४ जना छन् । एकतापछि नयाँ पार्टी प्रतिनिधिसभामा १० सिटको पार्टी हुनेछ । स्वतन्त्र मधेस अभियान चलाइरहेका राउतले २०७५ चैत ५ गते आफ्नै नेतृत्वमा सिरहाको लहानबाट जनमत पार्टी गठन गरेका थिए । यस्तै, २०७८ पुस १९ गते नागरिक उन्मुक्ति पार्टी गठन भएको हो । जुनबेला चौधरी टीकापुर काण्डका प्रमुख आरोपितका रूपमा जेलमै थिए । पार्टी गठन गरेको एक वर्षमै नाउपाले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४ सांसद जितेको थियो । उता जनमत पार्टी त प्रतिनिधि सभामा राष्ट्रिय पार्टी नै बन्यो । प्रत्यक्षमा राउतले जितेका थिए । बाँकी ५ सांसद समानुपातिकतर्फका हुन् । मधेस प्रदेश सभामा जनमतका १३ सांसद छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार